सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को निर्णय अनुसार ५ नम्बर प्रदेशको राजधानी दाङ सार्ने प्रस्तावमाथि प्रदेश सभामा छलफलका लागि प्रस्ताव अघि सारेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सदस्यहरु तोडफोडमा उत्रिएका छन्।
सोमबार बसेको प्रदेश सभा बैठकमा सभामुखले विपक्षीको विरोधकाबीच आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसीलाई राजधानी सार्ने प्रस्ताव छलफलका लागि समय दिएपछि विपक्षी दलका सदस्यहरुले नाराबाजी र विरोध जनाए।
रोष्ट्रम घेर्न पुगेका कांग्रेस सदस्यहरलाई मर्यादापालकले छेकेपछि मन्त्री केसीले प्रस्ताव पेश गरे। त्यसबाट थप आक्रोसित बनेका कांग्रेस सदस्यहरुले सदनभित्र विरोध र नाराबाजीको अभ्यासबाट एक कदम अघि बढ्दै सदनमा राखिएका कुर्सी उचाल्दै टेबलमा बजार्दै तोडफोडमा उत्रिए।
प्रदेश ५ को आजको बैठकमा देखिएको तोडफोडले २०७१ साल माघ ५ गते तत्कालिन संविधान सभामा संविधान निर्माण सम्बन्धि प्रस्तावमाथिको छलफल अघि बढाउने तत्कालिन अध्यक्षको निर्णय पश्चात त्यतिबेलाको एनेकपा माओवादी सांसदहरुले नयाँ वानेश्वरस्थित संविधान सभा भवनमा गरेको तोडफोडको झल्को मेटाएको छ।
प्रकाशित मिति: आइतबार, असोज १८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय