नयाँ संविधान अनुसार मुलुक संघीयतामा गएको ७ वर्ष र प्रदेश सभा गठन भएको साढे तीनवर्ष पछि बल्ल प्रदेश नम्बर ५ को नाम टुंगो लागेको छ।
प्रदेश सभामा प्रदेशको नाम र राजधानी तोक्न आवश्यक स्पष्ट दुई तिहाई बहुमत प्राप्त दल नेकपाभित्रको आन्तरिक विवादका कारण प्रदेशको नाम र राजधानी टुंगो लगाउन नसकेकोमा कोरोना महामारीको आतंककाबीचमा जनता बसिरहेका बेला एकाएक केन्द्रीय नेतृत्वको निर्देशनमा प्रदेश सभाको नाम र राजधानी टुंगो लगाइएको हो।
मंगलबार बसेको प्रदेश सभा बैठकमा आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसीले प्रदेशको नाम लुम्बिनी राख्न अघि सारेको प्रस्तावको पक्षमा सदनमा उपस्थित ८३ जना सदस्यमध्ये ७९ जनाले मत दिए भने विपक्षमा ४ जनाले मात्रै मत दिएको सभामुखले जानकारी दिए।
यसअघि प्रदेशको राजधानी दाङको देउखुरी तोक्ने प्रस्तावको पक्षमा विपक्षी दलका केही सदस्यले समेत पार्टी ब्हिप उलंघन गर्दै मत दिएपछि पक्षमा ६९ मत परेपछि प्रस्ताव पारित भएको छ।
यसअघि प्रदेशको राजधानी दाङ सार्ने प्रस्ताव अघि सारेपछि अर्घाखाँचीपूर्वका कांग्रेस सांसददेखि आम जनताले विरोध गर्दै आन्दोलन गरेका थिए भने सोमबारको बैठकमा मन्त्री केसीले मर्यादा पालकलाई विरोधमा उत्रिएका कांग्रेस सदस्यलाई घोक्र्याएर बाहिर निकाल भनेपछि उनीहरु आक्रोसित हुँदै कुर्सी र टेबल तोडफोड गरेका थिए।
प्रकाशित मिति: सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय