राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिमा चार सय नयाँ सदस्य थपिएका छन्।
निर्वाचन आयोगबाट एकीकरणको वैधानिकता पाएको राप्रपामा तीन अध्यक्षको सहमति अनुसा, यसअघि भएका ३ सय २७ सदस्यका अतिरिक्त थप ४ सय सदस्य थपिएपछि राप्रपा केन्द्रीय कार्यसमिति हाल रहेका राजनीतिक दलहरुमध्ये सबैभन्दा बढी केन्द्रीय सदस्यको संख्या भएको पार्टी बनेको छ।
यसअघि तत्कालिन एनेकपा माओवादीमा पनि केन्द्रीय सदस्यहरुको संख्या थप्दै जाँदा ४ हजार हाराहारी पुगेको थियो।
अहिले राप्रपामा मनोनित सदस्य तथा पदाधिकारीहरुको संख्या सबै उपस्थित भएमा पार्टीको बैठक बसाउन उसको पार्टी कार्यालयमा नअटेर कुनै पार्टी प्यालेस अथवा खुला चौर खोज्नु पर्ने स्थिति देखिएको छ।
यसैगरी राप्रपाले जारी गरेको विज्ञप्ति अनुसार, असोज २९ गतेसम्म जिल्लास्तरमा समायोजन सम्पन्न गरिसक्ने र आगामी वैशाख २५ देखि २८ गतेसम्म काठमाडौँमा हुने केन्द्रीय महाधिवेशनको तयारीमा लाग्ने योजना पार्टीले बनाएको छ।
प्रकाशित मिति: शनिबार, असोज २४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय