सूचना, सञ्चार तथा प्रविधिमन्त्री पार्वत गुरुङले सूचना र सञ्चार क्षेत्रको समस्या पहिचान गरी त्यसको समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
सञ्चार मन्त्रालयमा बिहिबार पलवाहाली गर्दै मन्त्री गुरुङले सञ्चार क्षेत्रलाई मर्यादित बनाउन, सञ्चार क्षेत्रको गरिमा माथि उठाउन र सरकारले गरेका कामलाई प्रभावकारी बनाउन सञ्चार क्षेत्रसँग समन्वय गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।
उनले सञ्चार र सूचना प्रणालीलाई छिटो र व्यवस्थित बनाउने पनि बताए। सञ्चार मन्त्रालयले मात्र नभई सबै मन्त्रालयका प्रवक्ताहरुले मन्त्रालयहरुले गर्ने विकास तथा कार्यक्रमबारे सहि सूचना समयमै सम्प्रेशण गर्नुपर्नेमा मन्त्री गुरुङको जोड रहेको थियो।
सञ्चार मन्त्रालयमा भएका चुनौतीहरुलाई सहज रुपमा हल गर्न आफु सक्षम हुने पनि उनले बचन दिए।
तत्कालिन सञ्चार मन्त्री गोकुल बाँस्कोटा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्झौताको विषयमा ७० करोड कमिशन मागेको विवादस्पद अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिन बाध्य भएका थिए। त्यसपछि रिक्त रहेको मन्त्रालय पूर्व अर्थमन्त्री युवराज खतिवडाले हेर्दै आएका थिए।
प्रकाशित मिति: बुधबार, असोज २८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय