भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस् विङ (रअ)का प्रमुख सामन्तकुमार गोयलसँग कुनै भेटवार्ता नगरेको जानकारी प्रमुख पार्टीका नेताहरुले दिएका छन्।
अचानक बुधबार नेपाल आइपुगेका गुप्तचर प्रमुख गोयलले नेपका र नेपाली कांग्रेसका नेताहरुलाई भेटवार्ता गरेको भन्ने समाचार प्रकाशित भइरहेकै बेला त्यी पार्टीका नेताहरुले आफ्नो भेट नभएको जानकारी दिएका हुन्।
कांग्रेसकै कतिपय नेताहरुले सभापति देउवा र केही नेताहरुसँग भेट भएको आशंका गरिरहेकै बेला सभापति देउवाका निजी सहयोगी भानु देउवाले सभापतिसँग कुनै भेटवार्ता गोयलले नगरेको स्पष्टोक्ति दिए।
यसैगरी नेकपा नेता पुष्पकमल दाहाल, माधवकुमार नेपालले पनि आफूसँग गोयलको भेटघाट नभएको स्पष्टोक्ति दिएका छन्।
कुटनीतिक मान्यता, मर्यादा र पदीय हैसियत बिर्सिएर प्रधानमन्त्री केपी शर्मा ओलीले गोयलसँग घण्टौं घण्टा एक्लाएक्लै बालुवाटारमा गरेको भेटवार्ता र वार्ताको क्रममा भएको विषयवस्तुबारे चौतर्फी आलोचना र कटाक्षसँगै सरकारको नेतृत्वप्रति आशंका पैदा भएको छ।
प्रम ओलीद्वारा रअ प्रमुख गोयलसँग गोप्य भेटवार्ता गरेको सगौरव स्वीकारोक्ति |
प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय