हिमाल दैनिक
रअ प्रमुख गोयलसंगै लिम्पियाधुराको चुच्चो पनि गयो!
goel-kp-oli
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निशान छापमा रहेको नयाँ नक्साबाट थपिएको कालापानी, लिपुलेख र लिम्पियाधुराको चुच्चो एका-एक हटाइदिएका छन्। बडा दशैंको उपलक्ष्यमा शुभकामना दिंदै प्रधानमन्त्री ओलीले ट्वीटर मार्फत सार्बजनिक गरेको सन्देशमा नेपालको पुरानै नक्सा सहितको निशान छाप राखेका छन्। भारतले अतिक्रमणमा परेको कालापानी, लिपुलेख र लिम्पियाधुरासहितको नयाँ नक्सा र निशान छाप असारदेखि नै प्रयोगमा आएपनि भारतले गुप्तचर संस्था (रअ) का प्रमुख सामन्त कुमार गोयलसंगको गोप्य भेटवार्ता पछि नेपालको नयाँ नक्सा थपिएको चुच्चो गायव भएको हो। बुधबार राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गोप्य वार्ता गरेर रअ प्रमुख गोयल दिल्ली फर्किएको २४ घण्टा बित्न नपाउदै प्रधानमन्त्रीले निशान छापमा रहेको नयाँ नक्सा हटाएर पुरानै नक्सा प्रयोग गरेपछि प्रधानमन्त्रीको कदम शंखाको घेरामा परेको छ। चुनाबअघि देखि नै भारतबिरुद्ध चर्को नारा लगाउदै राष्ट्रबादको आडमा सत्तामा पुगेका ओलीले पछिल्लो समय पार्टी भित्रको अन्तरिक विवाद र कोरोना कहरमा सरकारको असफलता ढाक छोप गर्न पर्याप्त कुटनीतिक पहलबिनै नेपालको नयाँ नक्सा सार्बजनिक गरेका थिए। जसलाई संसदले समेत जेष्ठको ३१ गते सर्वसम्मत संविधानमा संशोधन गरेको थियो। यसरी संशोधित निशान छापमा रहेको नेपालको नयाँ नक्सा समन्धी पाठ्यक्रम विकास केन्द्रले नयाँ नक्सा र पुस्तक नै प्रकाशित गरेको थियो। तर प्रधानमन्त्री ओलीले केहि हप्ता अघि उक्त पुस्तक बिक्रिवितरण गर्न रोक्न निर्देशन लगाएपछि सरकार र प्रधानमन्त्रीको नियत प्रति आशंका उब्जिएको थियो। प्रधानमन्त्रीको सन्देशमा प्रयोग गरेको निशान छापमा नयाँ नक्साको चुच्चो हराएपछि कांग्रेस प्रवक्ता बिश्वप्रकाश शर्माले चुच्चोको खोजी गरेका छन्। शर्माले ट्वीटर मार्फत भनेका छन्,'लिम्पियाधुरा रहित नेपालको नक्सा प्रयोगलाई सामान्य त्रुटि कसरी मानौं सम्माननिय प्रधानमन्त्री ? गम्भीर विमती दर्ज होस् ! देशको संसदले पारित गरेको नक्सा अब नक्सामै असुरक्षित भएपछि जग्गा फिर्ता गर्ने अभियान जारी कि यहाँको नेतृत्वमा बिसर्जन ? ' https://twitter.com/bishwaprakash77/status/1319500189384634369

यस सम्बन्धी थप समाचार:

नेपाल–भारत सम्बन्ध कुटनीतिक-राजनीतिक आधारमा चल्छ कि गुप्तचरको निर्देशनमा?
देउवा, दाहाल र नेपालद्वारा गुप्तचर प्रमुख गोयलसँग कुनै भेटवार्ता नभएको स्पष्टोक्ति
प्रम ओलीद्वारा रअ प्रमुख गोयलसँग गोप्य भेटवार्ता गरेको सगौरव स्वीकारोक्ति
भारतीय गुप्तचर प्रमुख गोयल अचानक काठमाडौंमा, राष्ट्रिय स्वाधिनता र सुरक्षा नीतिमा गम्भीर प्रश्न
प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update