हिमाल दैनिक
देहरादून घटनाप्रति सरकार गम्भीर : परराष्ट्र मन्त्रालय
parrashtra-mantralay4
सरकारले भारत उत्तराखण्डको देहरादूनस्थित एक विद्यालयका विद्यार्थीमाथि भएको घटनाप्रति गम्भीर भएको बताउँदै नयाँदिल्लीस्थित नेपाली राजदूतावासमार्फत घटनाको सत्यतथ्यबारे जानकारी लिएको जनाएको छ । नेपाली सञ्चारमाध्यममा सार्वजनिक भएजस्तो घटना नभएको र १० जना नेपाली विद्यार्थीमाथिमात्र कुटपिट भएको बताउँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले घर फर्कन चाहनेलाई अनुमति दिन विद्यालय प्रशासन तयार रहेको जानकारी दिए । देहरादून घटनाबारे राससलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रवक्ता लम्सालले भने, “ उत्तराखण्ड बालअधिकार आयोगका अध्यक्षलगायत पदाधिकारीको उपस्थितिमा छलफल भएको तथा घटनाप्रति दुःख व्यक्त गर्दै विद्यालय प्रशासनले क्षमायाचना गर्नाका साथै भविष्यमा यस्ता घटना नहुने प्रतिबद्धता व्यक्त गरेको छ ।” नयाँदिल्लीस्थित दूतावासका ‘काउन्सलेर’ प्रकाश अधिकारी हाल नेपालमा रहनुभएकाले पीडित र अन्य विद्यार्थीका अभिभावकसँग उनले छलफल गर्नुभएको जानकारी दिँदै प्रवक्ता लम्सालले अभिभावकको चाहनाअनुसार सहजकर्ताको भूमिका निर्वाह गर्न मन्त्रालय तत्पर रहेको बताए । उनले सम्बन्धित निकायसँग दूतावास र परराष्ट्र मन्त्रालयले निकट सम्पर्कमा रहेर समन्वय गरिरहेको बताए ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update