बुढा पाकाले भन्ने गर्दथेः कसैलाई केको धन्दा, घरज्वाईलाई खानकै धन्दा।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइसरको संक्रमणबाट देशभरी दिनहुँ दर्जन भन्दा बढी जनताको ज्यान गइरहेको छ भने हजारौँको संख्यामा संक्रमितहरु न्यूनतमः उपचार समेत पाउन सकिरहेका छैनन्।
संविधानमा उल्लेखित स्वास्थ्य सम्बन्धि मौलिक हकको समेत सुरक्षा नगरी जनतालाई महंगो शुल्क लिएर उपचार गर्न तल्लिन सरकारका अर्थ मन्त्री बिष्णु पौडेललाई भने जनताको चिन्ता भन्दा आफ्नै पार्टी र सत्ताको चिन्ता छ।
जनताको जीवन रक्षार्थ राज्यले गर्नु पर्ने कुनै पनि दायित्वबाट आफू र आफ्नो दलको सरकार प्रतिबद्ध भएको सन्देश दिन भन्दा मन्त्री पौडेललाई पार्टीको रक्षार्थ आफ्नो ट्वीटर र फेसबुकमार्फत चासो र चिन्ता व्यक्त गर्न तल्लिन देखिएका छन्।
पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद चर्किँदै गएको बेला पार्टीका महासचिव समेत रहेका मन्त्री पौडेलले नेकपाको एकीकृत र अविभाज्य अस्थित्व नै गम्भीर संकटमा परेको बताएका छन्।
https://twitter.com/bpaudel1959/status/1322821619899752449
उनले भनेका छन्, ‘यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकीकृत र अविभाज्य अस्तित्वका सामु गम्भीर संकट उत्पन्न भएको छ। आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरु समक्ष अनुरोध गर्दछु।’
पार्टी र सरकार सञ्चालनमा नेताहरुबीच उत्पन्न विवादले केन्द्रदेखि प्रदेश तहका सरकारका विरुद्धमा स्वयं नेकपाकै नेतादेखि सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गर्ने आन्तरिक गृहकार्यमा जुटेको अवस्थामा सहमतिको वातावरण धुमिल बनेपछि मन्त्री पौडेलले यस्तो स्टाटस् राखेका हुन्।
प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय