हिमाल दैनिक
कोरोना संक्रमित पूर्वसभामुख महराकी पत्नी सीताको निधन
sita-mahara
पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ। १५ गते देखि नर्भिक अस्पतालको भेन्टिलेटरमा राखेर उपचारत महराको आज बिहान ६ :२५ मा निधन भएको अस्पतालले पुष्टि गरेको छ। उनि १० बर्ष देखि माइस्थेनिया नामक रोगबाट पिडित थिइन्। गएको दशैंमा पुख्र्यौंली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनिलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो। काठमाडौँ ल्याएर उनको पिसिआर परिक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो। महरा वि.सं. २०१८ साउन १३ गते शुक्रबार बुवा मुक्तबहादुर थापा र आमा खिर्मादेवी थापाको कोखबाट रोल्पाको गजुल धौलेगाउँमा पहिलो सन्तानको रुपमा जन्मेकी थिइन् । उनको महरासंग २०३५ सालमा विवाह भएको थियो। उनका दुई छोरा र दुई छोरी रहेका छन्। उनका दुई छोरा र दुई छोरी छन्।
प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update