हिमाल दैनिक
भारतीय सेनाका प्रमुख नरवणे र प्रधानमन्त्री ओली बीच भेटवार्ता
oli
भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन्। तीन दिने भ्रमणको अन्तिम दिन शुक्रबार नरवणेले बालुवाटारमा प्रधानमन्त्री ओलीसंग भेटवार्ता गरेका हुन् । भेटमा दुईपिक्षय सम्बन्धका बारेमा कुराकारी भएको बताइएको छ । दुई देशको सैन्य सम्बन्ध र रक्षा सहकार्यबारे छलफल भएको बुझिएको छ । भेटमा प्रधानमन्त्रीसँगै विदेश मामिला सल्लाहकार राजन भट्टराई र परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल पनि सहभागी हुनुहन्थ्यो भने नरवणेसँगै नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्रा पनि सहभागी भएका थिए । यसअघि नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष नरवणेलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरिएको थियो । उहाले बिहीबार प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update