हिमाल दैनिक
नेकपाका पाँच भाइद्वारा ओलीसमक्ष ‘धम्कीभित्र घुर्की, घुर्कीभित्र विन्ती’!
nekapa
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का द्वितीय अध्यक्ष पुष्पकमल दाहालसहित पाँच शीर्ष नेताले सचिवालय बैठक बोलाउन गरेको आग्रहलाई प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वेवास्ता गरिदिएपछि पार्टीभित्र थप विवाद चर्किने सम्भावना बढेको छ। नेकपाका को–पाइलट दाहालले प्रथम अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट्दै पार्टी सचिवालयको बैठक कार्तिक २७ गते बिहिबार बोलाउन प्रस्ताव गरेपनि ओलीले कुनै जवाफ नदिएर उक्त प्रस्तावलाई औचित्यहिन बनाइदिए। त्यसलगत्तै दाहालसहित पाँच जना सचिवालय सदस्यहरुको पार्टी मुख्यालय धुम्रबाराहीमा बसेको अनौपचारिक बैठकमा दाहालले अध्यक्ष ओलीसँग भएको भेटवार्तामा सचिवालय बैठक बोलाउनेबारे कुनै जवाफ नदिएको जानकारी दिएका थिए। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलका अनुसार, दाहालले मंगलवार अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेट गर्दै कार्तिक २७ गते सचिवालय बैठक बस्न प्रस्ताव गरेका थिए। ओलीसंगको भेट लगतै पार्टी कार्यालय धुम्वाराहीमा बसेको प्रचण्ड सहितका बहुमत सचिवालय सदस्यको बैठकमा प्रचण्डले आफुले कार्तिक २७ गते सचिवालय बैठक बोलाउन प्रस्ताव गरेको तर, ओलीले कुनै जवाफ नदिएको जानकारी अध्यक्ष दाहालले बताएको श्रेष्ठले जानकारी दिए। श्रेष्ठले २७ गते सचिवालय बैठक बस्नेमा विश्वस्त रहेको बताउँदै पार्टी सचिवालय सदस्यहरुको अनौपचारिक बैठकले सचिवालय बैठकमार्फत नै सबै समस्या समाधान गर्नुपर्नेमा जोड समेत दिएको बताए। गत २२ गते सचिवालयका ५ सदस्य अध्यक्ष दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीलाई भेटेर लिखित रुपमा नै सचिवालय बैठक बोलाउन ध्यानाकर्षण गराएका थिए। तर, अध्यक्ष ओलीले कुनै प्रतिक्रिया नदिएपछि असन्तुष्ट पक्षका नेताहरु अन्यौलमा परेका थिए। पार्टीभित्र उत्पन्न विवाद र अन्यौलतासँगै सरकारको गतिहिनताका कारण कोरोना महामारीको मारमा परेको देश र जनतामात्र होइन स्वयं सत्तारुढ दलकै नेता तथा कार्यकर्तासमेत पार्टी र सरकारको नेतृत्वप्रति निराश बन्दै गएका छन्।
प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update