हिमाल दैनिक
चीनका रक्षामन्त्री फेङ्हेलाई 'गार्ड अफ अनर'
guard-of-honour
नेपालको एक दिवसीय औपचारिक भ्रमणका लागि आएका चीनका राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेई फेङ्हेको सम्मानमा नेपाली सेनाद्वारा जङ्गी अड्डामा गार्ड अफ अनर प्रदान गरिएको छ । नेपाली सेनाको एक टुकडीले सैनिक मुख्यालय जंगी अड्डामा चिनियाँ रक्षामन्त्री वेईलाई सम्मान गारद गार्ड अफ अनर प्रदान गरेको हो । त्यसलगतै उनले प्रधान सेनापति पूर्णचन्द्र थापासंग भेटवार्ता गरेका थिए । उक्त भेटवार्ताको क्रममा आपसी हित तथा द्विपक्षीय सैनिक सहकार्यको सम्बन्धमा छलफल भएको नेपाली सेनाले जनाएको छ । भेटवार्ता पछि प्रतिनिधि मण्डलसमक्ष नेपाली सेनाको इतिहास र वर्तमान भूमिकाका बारेमा श्रव्य दृश्य सामग्री प्रस्तुत गरिएको थियो । तत्पश्चात चिनियाँ प्रतिनिधिमण्डल र नेपाली सेनाबीच आपसी हितका विषयहरुमा छलफल भएको थियो जसमा मुख्यत कोभिड १९ महामारीका कारण प्रभावित भएका तालिम तथा शिक्षार्थी आदानप्रदानका कार्यहरुलाई सूचारु गर्ने तथा विगतमा सहमति भएका सैनिक सहायता प्राप्ति सम्बन्धी प्रगतिको बारेमा छलफल भएको थियो । त्यसै अवसरमा जनरल वेई ले नेपाली सेनाको कोभिड १९ महामारी विरुद्धको प्रतिकार्यको सहयोगका लागि समेत प्रतिबद्धता व्यक्त गर्नुभएको सेनाले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, मंसिर १३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update