एक दिने नेपाल भ्रमणमा आएका चिनियाँ रक्षामन्त्री वेई फेङहे फर्किएका छन् । उनि आइतबार साँझ फर्किएका हुन् । नेपाल–चीन सम्बन्धको ६५ औं वर्षगाँठको अवसर पारेर रक्षामन्त्री वेई नेपाल आएका हुन् ।
नेपाल भ्रमणका क्रममा वेई सुरुमा चिनियाँ राजदूतावासमा आयोजना गरिएको कार्यक्रममा सहभागी भएका थिए । त्यस लगतै उनि सैनिक मुख्यालय जंगी अड्डामा पुगेका थिए । सैनिक मुख्यालयमा उनलाई नेपाली सेनाले गार्ड अफ अनरले सम्मान गरेको थियो । रक्षामन्त्री वेईले प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय भेटवार्ता समेत गरे ।
जंगी अड्डाको भेटघाट सकिएपछि वेई प्रधानमन्त्री निवास बालुवाटार पुगी प्रधानमन्त्री केपी ओलीसंग शिष्चाटार भेटवार्ता गरेका थिए भने त्यसलगतै शितल निवास पुगि राष्ट्रपति बिद्यादेवी भण्डारीसंग शिष्टाचार भेटवार्ता गरेका थिए ।
झन्डै एक वर्षपछि चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण भएको हो ।
प्रकाशित मिति: शनिबार, मंसिर १३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय