हिमाल दैनिक
गणतन्त्र विरुद्ध नारावाजी गर्दै राजावादीहरू राजधानीकाे सडकमा उत्रिए
Royalists
दोस्रो जनआन्दोलन पश्चात स्थापना भएको गणतन्त्रले विस्तापित गरेको शाह वंशीय राजतन्त्रको पुर्नस्थापनाको माग गर्दै राजावादीहरुले शनिबार राजधानीमा प्रदर्शन गरेका छन्। ‘राष्ट्रिय नागरिक आन्दोलन समिति २०७७’ को आह्वानमा भएको प्रदर्शनमा सहभागीहरुले हातहातमा राष्ट्रिय झण्डा बोक्दै राजतन्त्र पुर्नस्थापनाको मागसहित नारा लगाए। पृथ्वीनारायण शाहको तस्वीर बोकेका प्रदर्शनकारीहरुले राजसंस्थाको स्थापना तथा संघीयता र धर्म निरपेक्षता खारेज गर्नुपर्ने नारामात्रै लगाएनन् वर्तमान राज्य सत्ता सञ्चालकसँगै गणतन्त्रको विरुद्धमा समेत नारावाजी गरेका थिए। प्रदर्शनमा सहभागीहरुले ‘गणतन्त्र धोका हो, संघीयता खारेज गरौँ, हिन्दु राष्ट्र कामय गर, मेची–काली के भन्छ नागरिक सरकार ल्याउ भन्छ, एमसीसी खारेज गरौँ जस्ता नारा लगाएका थिए। माइतीघरमा भेला भएका राजवादीहरुको जुलुस नयाँ वानेश्वरसम्म पुगेको थियो भने सो क्रममा ठूला संख्यामा सुरक्षाकर्मी परिचलन गरिएको थियो। समितिले आगामी फाुगन ७ गते काठमडौंबाट निर्णायक आन्दोलन गर्ने पनि जनाएका छ। विगत लामो समयदेखि मुलुकमा चलेको राजनीतिक द्वन्द्धको अन्त्यगरी संविधान सभाबाट जनप्रतिनिधिहरुले बनाएको संविधानको आधारमा अत्याधिक बहुमत प्राप्त बलशाली नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार र उनको दलभित्रका नेताहरुको अकर्मण्यताका कारण विगतमा गणतन्त्रको पक्षमा उभिएका सर्वसाधारण जनतासमेत फेरि पुरानै शासन व्यवस्थाको पक्षमा उभिने क्रम सुरु भएको छ।    
प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update