हिमाल दैनिक
अपाङ्मैत्री नीति निर्माण गर्न सरकार प्रतिवद्ध
pravat-gurung
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले अपाङ्मैत्री नीति निर्माण गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । शनिबार बाल अपाङ्ग टेवा संस्थाले काठमाडौं आयोजना गरेको ह्वीलचेयर बितरण कार्यक्रममा सञ्चारमन्त्री गुरुङले राज्यको हरेक क्षेत्रमा अपाङ्गमैत्री पूर्वाधारका साथै आवश्यक नीति निर्माण गर्न सरका प्रतिवद्ध रहेको बताएका हुन् । उनले अध्यादेशमार्फत सरकारले सामाजिक सुरक्षा ऐन संशोधन गरेको जानकारी दिदै आवश्यकता अनुसार अन्य कानून तर्जुमा गर्दै लैजाने उल्लेख गरे । त्यस्तै मन्त्री गुरुङले सरकारले डिटिजल नेपालको अवधारणा अघि बढाएको भन्दै अपाङ्गता भएका व्यक्तिहरुले घरमै बसेर विश्वसञ्जालसंग जोडिने वातावरण सरकाारले बताउने जिकिर गरे । उनले अपाङ्गता भएका व्यक्तिहरुले भोग्नु परेका समस्यालाई पनि समाधान गर्ने आश्वासन दिए । कार्यक्रममा बाल अपाङ्ग टेवा संस्थाका अध्यक्ष डेन्डी शेर्पाले अपाङ्गता भएका व्यक्तिहरुको आवातजावतलाई सहज पार्नका लागि पूर्वाधार अभाव रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । सो अवसरमा ५८ जनालाई अध्याधुनिक प्रविधियुक्त ह्वीलचेयर वितरण गरिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update