हिमाल दैनिक
युरोपियन युनियनले सार्वजनिक गरेको प्रतिवेदन सकारात्मक: मन्त्री भट्टराई
Yogesh-bhattrai-paryetan-mantri
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले युरोपियन युनियनको पछिल्लो प्रतिवेदनमा नेपालको हवाई उड्डयनलाई कालोसूचीबाट हटाउने संकेत प्राप्त भएको बताएका छन् । सोमबार ७६ औं अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा अन्तराष्ट्रिय बिमानस्थलमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईले युरोपियन युनियनले नेपालको उडानक्षेत्रको बारेमा सार्वजनिक गरेको प्रतिवेदनले सकारात्मक सन्देश प्राप्त भएको बताएका हुन् । नेपालका पछिल्ला प्रयत्नहरुबाट युरोपियन युनियन उत्साहित बनेको भन्दै उनले नेपालको हवाई उड्डयनलाई गरेको मूल्याङ्कन सकारात्मक भएको बताएको उल्लेख गरे । मन्त्री भट्टराईले सरोकारवाला सवै निकायको मेहनतकै कारण नेपालको हवाई उड्डयन क्षेत्रमा सुधार भएको धारणा राखे । उनले नागरिक उड्डयन क्षेत्रमा संगठनात्मक पुनःसंरचना गर्नका ड्राफ्ट भएको कानून संसदमा रहेको भन्दै संसद चल्नेबितिकै पारित हुने विश्वास व्यक्त गरे । मन्त्री भट्टराईले कोरोनाका कारण अन्य देशका बिमानस्थल बन्द भएपनि नेपालको बिमानस्थल भने सधै खुल्ला हुनु खुसीको कुरा भएको तर्क गरे । उनले नेपालको ध्यजावहाक बिमानले अष्ट्रेलियाको उडान गरेको भन्दै अव कुनै पनि देशको आकाशमा नेपाल प्रतिवन्धीत हुनुपर्ने कुनै कारण नरहेको बताए ।
प्रकाशित मिति: आइतबार, मंसिर २१, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update