प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाएका छन्। पार्टीभित्रको आन्तरिक विवादका कारण समस्या झेलिरहेका प्रधानमन्त्रीले आज प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको बैठक आह्वान गरेका हुन्।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का असन्तुष्ट नेताहरुको तर्फबाट द्वितीय अध्यक्ष पुष्पकमल दाहालले नै अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीविरुद्ध भ्रष्टाचार लगायतका गम्भीर आरोप लगाएपछि समस्यामा परेका ओलीले आफ्नै पार्र्टीको बैठक भन्दा सर्वदलीय बैठकमा जोड दिएका हुन्।
गुहार माग्न डाकेको सर्वदलीय बैठकमा उल्टै प्रम ओलीविरुद्ध खनिने तयारीमा कांग्रेस
देशमा पछिल्लो समय उत्पन्न परिस्थितिबारे हार, गुहारका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने उल्टै प्रधानमन्त्री ओलीविरुद्ध खनिने तयारी गरिरहेको छ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारको गतिविधिबाट असन्तुष्ट बनेका आमजनताको निराशासँगै सडकमा देखिएको व्यवस्था विरोधी गतिविधिबारे प्रधानमन्त्री ओलीले मंगलबार बिहान बालुवाटारमा सर्वदलीय बैठक डाकेका छन्। ओलीले बैठकमा आउन खबर गरेलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले उक्त बैठकको विषयमा सोमबार अपरान्ह आफ्नै निवासमा पार्टीका वर्तमान तथा पूर्व पदाधिकारी लगायतका नेताहरुलाई बोलाएर आन्तरिक परामर्श गरे।प्रकाशित मिति: सोमबार, मंसिर २२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय