सरकारले आज सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको नापी बिभागले सोमबार पत्रकार सम्मेलन गर्दै चिनियाँ पक्षसँग समन्वय गरेपछि उचाइ सार्वजनिक गर्ने मिति तय भएको जानकारी दिएको थियो । दुई साताअघि मन्त्रिपरिषद्ले अनुमोदन गरेको सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न लागेको हो ।
चिनियाँ राष्ट्रपति राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणका क्रममा दुवै देशको सहमतिमा सगरमाथाको नयाँ नापी अनुरुप उचाइ सार्बजनिक गर्ने सहमति भएको थियो। सोहि सहमतिका आधारमा नापी बिभागले आज दिउँसो सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्दैछ । भुमि व्यवस्था मन्त्रालयका एक अधिकारीका अनुसार सम्बत आज चिनियाँ अधिकारीहरु संग भर्चुअल मिटिंग मार्फत नयाँ उचाई सार्वजनिक गर्नेछ।
यो पनि पढ्नुहोस:
देशकै क्षेत्रफलको पत्तो नभएको सरकारले अब सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने!
विभागका महानिर्देशक प्रकाश जोशीले झन्डै दुई साताअघि मन्त्रिपरिषद्ले अनुमोदन गरेको सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न लागिएको जानकारी दिए। उचाइ घोषणापछि अध्ययन विधि जस्ता अन्य प्राविधिक विवरण सार्वजनिक गर्दै जोशीले जानकारी दिए। उचाइ घोषणा कार्यक्रममा सगरमाथाको मापनमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिने पनि उनले बताए। सगरमाथाको उचाइ सार्वजनिक गर्ने भनिएपनि देशको नयाँ क्षेत्रफल सार्वजनिक गर्न सरकार अझै तयार देखिएको छैन। भारतीय सरकारले विगत लामो समयदेखि अतिक्रमण गरिरहेको कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा एकवर्ष अघिदेखि विवाद बढ्दै गएको थियो। भारतीय रक्षामन्त्रीले उक्त क्षेत्रबाट मानसरोवर जाने बाटो एकतर्फी रुपमा उद्घाटन गरेपछि नेपाल सरकारले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा उक्त भूभाग नेपालकै भएको भन्दै एकतफी नयाँ नक्सा सार्वजनिक गरेको थियो।प्रकाशित मिति: सोमबार, मंसिर २२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय