जनकपुरधाम विमानस्थलको नवनिर्मित नयाँ टर्मिनल भवन तथा कन्ट्रोल टावरको मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले उद्घाटन गरेका छन् ।
२०६९ साल कात्तिक महिनादेखि शुरू गरिएको टर्मिनल भवनको निर्माण कार्य झण्डै ८ वर्ष पश्चात सम्पन्न भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जनकपुरधाम उपमहानगरपालिका र सम्बन्धित सम्पुर्ण निकायहरुको समन्वयमा बिमानस्थलको नाम जनकपुर बिमानस्थलबाट जनकपुरधाम बिमानस्थलमा परिणत गर्न आफ्नो तर्फबाट पहल गर्ने उल्लेख गरे ।
मन्त्री भट्टराईले तराईको भुभागमा पाहाड भन्दा कम खर्च र कम जोखिममा बिमानस्थल निर्माण गरिन सकिने भएकोले, आगामी दिनहरुमा जनकपुर बिमानस्थलको क्षमता अझः बिस्तार गर्ने बताए । त्यस्तै उनले जनकपुरबाहेक पनि तराईका अन्य ठाउँहरुमा बिमानस्थल निर्माणमा जोड दिने बताए ।
नयाँ टर्मिनल भवन सञ्चालनमा आएसँगै जनकपुरधाम विमानस्थलमा रहेको ५ दशक पुरानो टर्मिनल भवन विस्थापित भएको छ । २०६९ साल कात्तिक महिनामा १८ करोडको लागतमा निर्माण गर्न तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटीले टर्मिनल भवनको शिलान्यास गरेका थिए । डेढ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी निर्माणका लागि पप्पु एण्ड एनके कन्स्ट्रक्सन तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबीच विसं २०६९ असोज १५ मा सम्झौता भएको थियो ।
प्रकाशित मिति: सोमबार, मंसिर २२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय