हिमाल दैनिक
नारायणकाजी र कमानसिंहबीचको विषयमा पूर्व र वर्तमान कमरेडहरुबीच नै भूँडी फोराफोर!
Kamansingh drag NK Shrestha into controversy
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठ र पार्टी सदस्य कमानसिंह लामाको विवादस्पद अडियो प्रकरणमा सत्तारुढ दलकै शीष नेता, कार्यकर्तादेखि श्रेष्ठका पूर्व सहयात्री नेता बाबुराम भट्टराईले समेत गम्भीर प्रश्न उठाएका छन्। कोरोना भाइरस संक्रमणबाट बुधबार राती मृत्यु भएका लामाले केही दिनअघि आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेको पत्र र त्यसपछि बिहिबार सार्वजनिक भएको विवादस्पद अडियो प्रकरणबारे समाजिक सञ्जालमार्फत प्रश्न उठाएका हुन्। कुनै समय एउटै पार्टीका समकक्षी नेताका रुपमा रहेका भट्टराईले लामाको एक हप्ता अघिको पत्र र त्यसमा उल्लेखित विषयमा शुक्रबार ट्वीटरमार्फत लामाको भनाइको समर्थन गर्दै घुमाउरो पाराले श्रेष्ठमाथि कारबाही हुनु पर्ने विचार अघि सारेका छन्। https://twitter.com/brb1954/status/1337247412742569984 भट्टराईले भनेका छन्, ‘भनिन्छ, मृत्युशैय्यामा रहेको मान्छेले झुटो बोल्दैन। मृत्युशैय्याबाट कमानसिं लामाले आफ्नै नेताबारे लेखेका कुरा निकै गम्भीर र मार्मिक छन्।’ लामाको पत्रबारे केही संचारमाध्यममा श्रेष्ठले आफ्नोे बचाउका लागि व्यक्त गरेको विचारको खण्डन गर्दै नेता भट्टराईले लेखेका छन्, ‘जतिसुक तर्क-कुतर्क गरेपनि नैतिक पतनको प्रश्न देशको शीर्ष नेतृत्वमा रहने जुनसुकै व्यक्तिका निम्ति क्षम्य हुन सक्दैन। चेतना भया!’ यसैगरी नेकपा नेता एवं उप्रधानमन्त्री ईश्वर पोखरेलले बिहिबार नै आफ्नो स्टाटस्मार्फत प्रवक्ता श्रेष्ठको आदर्शवादी कुरामाथि लामाले चुनौतीपूर्ण प्रश्न उठाएको भन्दै नैतिकताको प्रश्न खडा गरेका छन्। https://twitter.com/IshwarPokhrel/status/1337044223342882818 ‘कमरेड कमानसिंह लामा अब हामीबीच रहनु भएन! हार्दिक श्रद्धाञ्जली! तर, वहाँले आफू सम्बद्ध कम्युनिष्ट पार्टीलाई –अझ यसमा आवद्ध ‘कम्युनिष्ट आदर्श’को कुरा गरेर नथाक्नेहरुका लागि चुनौतीपूर्ण प्रश्न गरेर जानु भएकोछ। अलविदा कमरेड कमानसिंह लामा! उपप्रधानमन्त्री पोखरेलको प्रतिक्रियाको जवाफमा नेकपाकै युवा नेता बिष्णु रिजालले श्रेष्ठसँग कुनै विषयमा रिस उठेको छ भन्दैमा उसप्रति जुनसकै विषयमा गाली–गलौज गर्ने प्रचलन ठिक नभएको भन्दै श्रेष्ठको बचाउ गरेका छन्। हालै सार्वजनिक भएको अडियो–भिडिओको सम्वादमा श्रेष्ठको भूमिकालाई बचाउ गर्दै नेता रिजालले पोखरेलको पुरानो विवादस्पद कहानी उप्काएर यस्ता गतिविधिमा नलाग्न सुझाव दिएका छन्। उपप्रधानमन्त्री पोखरेलले श्रेष्ठको बदनामीमा काखी ठोकेको भन्दै रिजालले भनेका छन्, ‘शाही शासनकालमा मण्डलेहरुले ‘पानी ट्यांकीमा पैसा राखेको’ कथा रचना गरेर नेतालाई बदनाम गरे जस्तो यतिबेला नेकपाकै कतिपय नेता–कार्र्यकर्ता यस्ता घृणित कार्यमा संलग्न भएको देख्दा हामी कस्तो संस्कृति विकास गर्न लागेका छौँ भन्ने देखिन्छ। यसबाट ‘हामी त बदनाम थियौँ नै, नारायणकाजीलाई पनि ठीक भयो’ भन्ने सन्देश जाँदैन र?’ साथै उनले प्रवक्ता श्रेष्ठको बचाउमा उनी तुलनात्मक रुपमा इमान्दार, सादगी र सरल नेता भएको दाबी गर्दै विवादस्पद अडियो प्रकरणको छानविनको चुनौती दिएको बताएका छन्। यसका अतिरिक्त रिजालले पोखरेल र उनका छोराको विषयमा पनि बाहिर विवादस्पद चर्चा आएको उल्लेख गर्दै पार्टी नेता र उनीहरुका छोरा, छोरीको विषयमा पार्टीभित्र आयोग बनाएर छानविन गर्न चुनौती समेत दिएका छन्।  
प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update