हिमाल दैनिक
महाधिवेशन गराएर कांग्रेसलाई विश्वासिलो पार्टी बनाउनुपर्छः डा महत
Ram saran
नेपाली कांग्रेसका नेता डा रामशरण महतले महाधिवेशन गराएर कांग्रेसलाई जनताको विश्वासिलो पार्टी बनाउनुपर्ने बताउनुभएको छ । कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको विरोधसभामा उहाँले पार्टी नेतृत्वलाई सच्याएर जनताको लायक पार्टी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “निष्पक्ष ढङ्गले महाधिवेशन गरेर जनताको विश्वास जित्ने पार्टीका रुपमा कांग्रेसलाई ल्याउन आवश्यक छ ।” कांग्रेस लोकतान्त्रिक, आर्थिक नीति ल्याउन सक्ने र विकासप्रेमी पार्टी भएको उहाँको भनाइ थियो । सरकारले संविधान कार्यान्वयनमा ल्याउन नसकेको आरोप लगाउँदै उहाँले अहिलेसम्म संविधान कार्यान्वयनका लागि खासै काम हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “जनताको अधिकारका लागि सङ्घीयतामा तीन तहको सरकार बनाइएको हो तर सबै अधिकार केन्द्रमा नै सीमित गर्न खोजिँदै छ ।” कार्यक्रममा कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशीलगायतले बोल्नुभएको थियो । अपराह्न १२ः३० बजे भरतपुरको चौबीसकोठीबाट शुरु भएको ¥याली पुल्चोक पुगेर विरोधसभामा परिणत भएको थियो । राष्ट्रियता र सार्वभौमसत्ता कमजोर भयोः कांग्रेस सहमहामन्त्री डा महत नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले वर्तमान सरकारको कमजोरीले गर्दा राष्ट्रियता र सार्वभौमसत्ता कमजोर भएको बताउनुभएको छ । बिर्तामोडमा आज आयोजित विरोधसभामा पूर्वपरराष्ट्रमन्त्री डा महतले नेपालमा अस्वाभाविकरुपमा विदेशी चलखेल बढेको आरोप पनि लगाउनुभयो । सरकारले भ्रष्टाचारलाई बढावा दिएको, कोरोना नियन्त्रणको कार्य प्रभावकारीरुपमा नगरेको र राष्ट्रपतिले सत्तारूढ दलको आन्तरिक विवादमा संलग्न भएको आरोप पनि उहाँले लगाउनुभयो । झापामा आज कांग्रेसले सरकारको विरोधमा कनकाईको सुरुङ्गादेखि बिर्तामोडसम्म मोटरसाइकल ¥याली र सभा गरेको थियो । देशमा बढ्दै गएको भ्रष्टाचार, महँगीप्रति उदासिन सरकारले जनतालाई केही दिन सकेनः रिजाल पर्सा– यहाँ आयोजित सभालाई सम्बोधन गर्दै कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले मुलुकमा बढ्दै गएको भ्रष्टाचार, महँगीप्रति सरकार गम्भीर नभएको र यसलाई रोक्न सरकारले ठोस कदम नचालेसम्म आन्दोलन जारी राख्ने जानकारी दिनुभयो । उहाँले संवैधानिक अङ्गलाई कमजोर नबनाउन र प्रदेशलाई अधिकारसम्पन्न बनाउन सरकारलाई दबाब दिन कांग्रेसले देशव्यापी प्रदर्शन गरिरहेको बताउनुभयो । कांग्रेस पर्साका सभापति अजयकुमार द्विवेदीको अध्यक्षतमा सम्पन्न भएको कोणसभामा कांग्रेसका केन्द्रीय सदस्य अजयकुमार चौरसियालगायतले अपराध तथा महँगी नियन्त्रण, किसानलाई मलखादको आपूर्ति र कोरोनाकालमा आमजनतालाई दिनुपर्ने आवश्यक सहयोग दिन सरकार चुकेको आरोप लगाउनुभयो । इलाम– कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले वर्तमान सरकारलाई काम गर्नका लागि जनताले बहुमत दिए पनि त्यसको दुरुपयोग भएको आरोप लगाउनुभएको छ । सदरमुकाममा आयोजित पार्टीको विरोधसभामा उहाँले विगतका ठूला राजनीतिक उपलब्धि संस्थागत गर्ने काम कांग्रेसले गरेको जिकिर गर्दै अबको जिम्मेवारी पनि कांग्रेसले नै गर्ने बताउनुभयो । कार्यक्रममा पूर्वसांसद केशव थापाले पछिल्लो समय विभिन्न प्रकरणमा सरकार जोडिएको जनाउँदै अब विकल्प सोच्नुपर्ने बाध्यता रहेको बताउनुभयो । कांग्रेसले सरकारको विरोधमा प्ले कार्डसहितको ¥याली निकालेको थियो । रसुवा –प्रतिनिधिसभाका सदस्य मोहन आचार्यले कांग्रेसले लोकतन्त्रको संरक्षणका लागि निरन्तर रुपले अघि बढ्ने तथा विकृतिविसङ्गतिको विरोधमा सदैव खबरदारी गर्ने बताउनुभयो । सदरमुकाम धुञ्चेमा आयोजित विरोधसभामा प्रदेशसभा सदस्य प्रेम तामाङ, कांग्रेस पूर्वजिल्ला सभापति लामाकार्पु तामाङ, जिल्ला समिति सदस्य जनकजीवन उपाध्याय, उपेन्द्र लम्साल, राजु तितुङलगायतले विरोधसभामा सम्बोधन गर्नुभएको थियो । राष्ट्रिय झण्डाको दुरुपयोग भनी आपत्ति सिद्धार्थनगर– पछिल्लो समय विभिन्न समूहले राजासंस्था ब्युँताउने भन्दै सडकमा नारा जुलुस निकालेको प्रति नेपाली कांग्रेसका नेताहरुले आपत्ति जनाउनुभएको छ । कांग्रेस रुपन्देहीले आज भैरहवामा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले जनताले लडेर ल्याएको व्यवस्था सङ्घीय गणतन्त्रप्रति नै विश्वास घटाउने काम वर्तमान सरकारले गरेको आरोप लगाउनुभयो । कांग्रेस नेता तथा प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले वर्तमान सरकारकै कारण सङ्घीय लोकतन्त्र खतरामा पुगेको आरोप लगाउनुभयो । कांग्रेसका नेता रामचन्द्र ढकालले राष्ट्रिय झण्डाको दुरुपयोग भएको भन्दै सरकारको आलोचना गर्नुभयो । उहाँले भन्नुभयो, “राजावादीहरुले राष्ट्रिय झण्डाको दुरुपयोग गर्दै सडकमा तमासा गर्दै हिँडेका छन् तर सरकार आँखा चिम्लिएर बसेको छ ।” कांग्रेस रुपन्देही सभापति तथा पूर्वमन्त्री अब्दुल रज्जाकले सरकार जनपक्षीय हुन नसकेको बताउनुभयो । विरोधसभामा सांसद प्रमोदकुमार यादव, संविधानसभा सदस्य इस्तियाक अहमद खान, सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलप्रसाद न्यौपानेलगायतले सरकारको आलोचना गर्नुभएको थियो । रासस
प्रकाशित मिति: आइतबार, मंसिर २८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update