हिमाल दैनिक
प्रधानमन्त्री केपी शर्मा ओलीले आज संवैधानिक परिषद्को बैठक बोलाएका छन् । राज्यका विभिन्न संवैधानिक निकायमा पदपूर्ति गर्न प्रधानमन्त्री ओलीले आज बिहान ९ बजे संवैधानिक परिषदको बैठक बोलाएका प्रधानमन्त्री कार्यालयले जानकारी दिएको हो । प्रधानमन्त्री ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका सबै संवैधानिक निकायमा पदपूर्ति गर्नु पर्ने भएको कारण देखाउदै आइतबार परिषदको बैठक बोलाएको थिए। तर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा बैठकमा उपस्थित नभएपछि कोरम नपुगेका कारण उक्त दिनको बैठक स्थगित भएको थियो । सोमबार कांग्रेसले सरकारविरुद्ध देशव्यापी रुपमा गरेको बिरोध कार्यक्रमका कारण सभापति देउवा बैठकमा उपस्थित भएनन् भने नेकपाका द्वितीय अध्यक्ष पुष्पकमल दाहाल लगायतका असन्तुष्ट पक्षका शीर्ष नेताहरु र ओलीबीचको विवादका कारण दाहाल निकट सभाभुख सापकोटा परिषदका बैठकमा उपस्थित भएका थिएनन । आजको बैठकमा सभापति देउवा भने उपस्थित हुने एक स्रोतले बताएका छन् भने सभामुख सापकोटा जाने वा नजाने भन्ने अहिलेसम्म टुंगो छैन ।
प्रकाशित मिति: सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update