हिमाल दैनिक
संवैधानिक परिषद् बैठक सुरु, सभामुख सापकोटा भने अनुपस्थित
sambaidhanik-parishad-baithak
संवैधानिक परिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली आहवानमा आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठक बसेको हो। आज बैठकमा सभामुख अग्नि प्रसाद सापकोटा अनुपस्थित रहेको प्रधानमन्त्री प्रेस सलाहकार सुर्य थापाले जानकारी दिए । नेकपाका द्वितीय अध्यक्ष पुष्पकमल दाहाल लगायतका असन्तुष्ट पक्षका शीर्ष नेताहरु र ओलीबीचको विवादका कारण दाहाल निकट सभाभुख सापकोटा परिषदका बैठकमा उपस्थित भएका छैनन्। परिषदमा प्रधानमन्त्रीसहित प्रधानन्यायाधीश, सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र विपक्षी दलका नेता रहने प्रावधान छ। तर उपसभामुख पद भने अहिले रिक्त रहेको छ । १३ महिना पछि बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानवअधिकार आयोगलगायत ४५ रिक्त रहेको ठाउँमा नियुक्तिका बारेमा छलफल हुने बताइएको छ । यस अघि प्रधानमन्त्री ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका सबै संवैधानिक निकायमा पदपूर्ति गर्न आइतबार परिषदको बैठक बोलाएको थिए। तर कांग्रेसको विरोध सभाका कारण शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा बैठकमा उपस्थित नभएपछि कोरम नपुगेका कारण उक्त दिनको बैठक स्थगित भएको थियो ।
प्रकाशित मिति: सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update