हिमाल दैनिक
पौडेल र निधिले एकै स्वरमा भनेः ओली सरकारको सर्वसत्तावादी र अधिनायकवादी चरित्र नांगियाे
Poudel and nidhi
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र उपसभापति विमलेन्द्र निधिले संवैधानिक परिषद ऐन संशोधन सम्बन्धी अध्यादेश जारी गरेर वर्तमान सरकारले सर्वसत्तावादी अधिनायकवादको उदांगो चरित्र प्रदर्शन गरेको आरोप लगाएका छन्। सत्तारुढ दल नेकपाभित्रको आन्तरिक विवादमा अल्झिएका प्रधानमन्त्री केपी शर्मा ओलीले एकाएक राष्ट्रपतिको माध्यमबाट मंगलबार अपरान्ह अध्यादेश जारी गरेपपछि कांग्रेसका शीर्ष नेताहरुको तहबाट चर्को विरोध आएको हो। नेता पौडेलले अध्यादेश जारी गरेर सरकार सर्वसत्तावाद र निरकुशता तर्फ सरकार अगाडि बढेको थप प्रमाण भएको बताए। नेता पौडेलले संबैधानिक परिषदको मुल मर्म विपरित संवैधानिक निकायमा आफ्ना अनुकुलका मानिसहरु भर्ति गर्ने कुत्सित नियतकासाथ अध्यादेश आएको टिप्पणी गरेका छन्। https://twitter.com/NcPaudel/status/1338792626846191616 उनले निकट भविश्यमा सुरु हुन लागेको संसद अधिवेशनलाई छल्नका लागि हतारमा संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गर्नु सर्वसत्तावाद र निरकुशतातर्फ सरकार अगाडि बढेको पुष्टी भएको बताएका छन्। उनले सरकारको यस्ता कार्यको म घोर बिरोध गर्दै तुरुन्त संसदको बैठक बोलाएर यस्ता अध्यादेश खारेज गर्न आह्वान समेत गरेका छन्। त्यसैगरी उपसभापति निधिले ट्वीटरमार्फत सरकारको कदमको विरोध गर्दै भनेका छन्, ‘आज अचानक आएक‍ो संवैधानिक परिषद सम्बन्धी अध्यादेश सर्वसत्तावादी र अधिनायकवादी काम हो। संविधान र प्रणालीमाथि नाङ्गो आक्रमण हो। घ‍ोर भर्त्सना गर्दछु। यो अध्यादेश स्वीकार्य हुँदैन।’ https://twitter.com/BimalendraNidhi/status/1338777406144835584 यसअघि सभापति शेरबहादुर देउवा लगायतका केही नेताहरु मात्र नभई स्वयं सत्तारुढ नेकपाकै शीर्ष नेताहरुबाट समेत यो अध्यादेश जारी गर्ने कार्यको घोर विरोध भइसकेको छ। उनीहरुले उक्त अध्यादेश तत्काल खारेजीको माग समेत गरेका छन्।    
प्रकाशित मिति: सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update