हिमाल दैनिक
प्रम ओलीको ‘सारथी’ जस्तै बनेकी राष्ट्रपतिलाई अध्यादेश फिर्ता लिन आग्रह गर्ने तयारीमा नेकपाका नेताहरु
nekapa neta
प्रधानमन्त्री केपी शर्र्मा ओलीले एकतर्फी रुपमा संवैधानिक परिषद ऐन संशोधनको अध्यादेश जारी गरेपछि चकित भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेताहरु अहिले खुमलटारमा छलफलमा जुटेका छन्। पार्टीभित्रको आन्तरिक विवादले निकास नपाइरहेकैबेला रणनीतिक रुपमा संवैधानिक परिषदको बैठक बोलाएका प्रधानमन्त्री ओलीलाई सभामुख अग्निप्रसाद सापकोटाले साथ नदिएपछि ओलीले राष्ट्रपतिको साथ लिएर अध्यादेश जारी गरे। उक्त अध्यादेशलाई असंवैधानिक र परिवर्तन विरोधी कदमको संज्ञा दिँदै तत्काल खारेजीको माग गरेको नेकपाका द्वितीय अध्यक्ष पुष्पकमल दाहालले आफ्नै निवासमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई बोलाएर ओलीको कदमबारे छलफल गरिरहेका छन्। ओलीले आफूखुशी संवैधानिक निकायमा पदपूर्ति गर्न लागिपरेको छनक पाएका नेकपाका असन्तुष्ट खेमाका नेताहरुले उनको उक्त कदमप्रति आपत्ति प्रकट गर्दै तत्काल उक्त कदम सच्याउन सरकार प्रमुख ओलीलाई आग्रह गर्ने भन्दा पनि राष्ट्रपति विद्यादेवी भण्डारीलाई गुहार्ने तर्फ छलफल केन्द्रित गरिरहेको स्रोतले बतायो। विगतमा तत्कालिन नेकपा एमालेमा छँदादेखि नै ओलीको पक्षमा प्रतिबद्ध हुँदै र अडिदै आएका भण्डारीले देशको संवैधानिक सर्र्वोच्च निकायमा पदासिन भएपछि पनि उक्त पदको मर्यादा र गरिमा जोगाएर स्वतन्त्र र निश्पक्ष संविधानको रक्षक र पालक भन्दा पनि ओलीको सारथीका रुपमा क्रियाशील हुँदा विवादमा मुछिँदै आएकीछिन्। गत वैशाखमा पनि यसैगरी ओलीले सिफारिस गरेका दुईृ विवादस्पद अध्यादेशहरु चौतर्फी विरोधका बाबजूद फिर्ता लिन चार दिन लगाएकी राष्ट्रपतिले अहिलेकोे विरोधलाई कति समय थेग्नेहुन त्यो पुष्टि हुन बाँकी नै छ।  
प्रकाशित मिति: सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update