हिमाल दैनिक
सबैतिरबाट एक्लिएका ओलीलाई प्रधानन्यायाधीश राणाको साथ
sambaidhanik-parishad
संवैधानिक परिषद ऐनलाई तोडमोड गर्दै जारी गरिएको विवादस्पद अध्यादेशको साहारामा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक सुरु गरेका छन्। चौतर्फी विवाद र बिरोधका बाबजुद प्रधानमन्त्री ओलीले चालेको कदममा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले परिषद बैठकमा उपस्थित भएर ओलीको विवादस्पद र अलोकतान्त्रिक कदममा साथ दिएका छन्। अध्यादेशमा राखिएको व्यवस्था अनुसार, बहाल रहेका परिषद सदस्यको बहुमत सदस्य उपस्थित भएमा बैठक बस्न सक्ने भन्ने प्रावधानका आधारमा अहिले ओलीको पक्षमा रहेका राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र राणासहित तीन सदस्यहरु अहिले बैठकमा उपस्थित छन्। ओलीको विवादास्पद आलेकतान्त्रिक कदमबारे सम्भावित न्यायिक निरुपर्ण गर्नुपर्ने सर्वोच्च अदालतका प्रधानन्यायाधीश राणाले नै बैठकमा उपस्थित भएर अनुमोदन गरेपछि राणाको भूमिका पनि विवादमा पर्ने सम्भावना बढेको छ।
प्रकाशित मिति: सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update