प्रमुख प्रतिपक्षी कांग्रेसका नेता रामचन्द्र पौडेलले उखु किसानको बक्यौता भूक्तानी तत्काल गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
विगत एक वर्षदेखि बक्यौता रकम उठाउनका लागि पटक पटक आन्दोलन गरिररहेका उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघर मण्डला पुगेका पौडेलले छिटो भन्दा छिटो उखु किसानको बक्यौता भूक्तानीको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका हुन्।
उनले आन्दोलनरत किसानहरुलाई आफू र आफ्नो पार्टी आन्दोलनरत उखु किसानको साथमा रहेको बताए। सरकारले किसानको बाँकी पैसा दिलाउन कुनै कसर छोड्न नहुने भन्दै उनले किसानमाथि अन्याय हुन नदिन माग गरे।
पौडेल माइतिघर पुग्दा उद्योग मन्त्री लेखराज भट्ट र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी पनि सोहि स्थानमा पुगेका थिए। उद्योग मन्त्री भट्टले किसानका मर्का आफूहरुले बुझेको भन्दै बक्यौता रकम दिलाउने प्रतिबद्धता जनाए। उनले बक्यौता भूक्तानी नगर्नेलाई कडा कारवाही गर्ने प्रतिवद्धता पनि जनाए।
लामो समयसम्म आफुहरुले पाउनुपर्ने बक्तौता रकम नपाएको भन्दै उखुकिसानहरुले निरन्तर काठमाडौंको माइतिघरमा धर्ना दिदै आएका छन्।
प्रकाशित मिति: बिहीबार, पुस २, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय