वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटनको सिफारिश गरेर लोकतन्त्रको हत्या गरेको बताएका छन्। त्रिपाठीले प्रधानमन्त्री ओलीले गरेको संसद विघटनको प्रस्तावलाई राष्ट्रपति बिद्यादेवी भण्डारी त्यसलाई सदर गरेर मतियार बनेको आरोप लगाएका हुन ।
त्रिपाठीले संविधानको पालना र रक्षामा राष्ट्रपति भण्डारी पनि चुकेको बताएका छन् । उनले भने,‘ प्रधानमन्त्री ओलीको गैरसंवैधानिक कदमलाई सदर गरेर राष्ट्रपति भण्डारी लोकतन्त्र र संविधानको हत्याको मतियार बन्नुभएको छ ।’ संविधानको धारा ६३ (४) ले राष्ट्रपतिलाई संविधानको पालनकर्ता भनेको उल्लेख गर्दै त्यस अनुसारको भूमिका नभएको तर्क गरे । उनले भने,‘राष्ट्रपतिले सिफारिश फिर्ता पठाउनुपथ्र्यो पठाउनुभएन ।’ आफूले संसद बिघटनको कदमविरुद्ध सर्वोच्च अदालतमा रिट लिएर जान लागेको बताए ।
उनले भने, ‘ संविधानको हत्या गरेकोले सर्वोच्च अदालतले बदर गर्नुपर्छ । बहुमतको सरकारले विकल्प हुँदा हुँदै संसद बिघटन गर्द सक्दैन ।’ प्रधानमन्त्री केपी शर्मा ओलीलाई इतिहासकै कलंकित पात्रको संज्ञा दिदै कडा कारबाही गर्नुपर्ने माग गरे । उनले भने,‘ओलीजीबाट राष्ट्रद्रोह भएको छ उहाँमाथि नेकपाले कारबाही गर्नुपर्छ ।’ संसद बिघटनलाई राष्ट्रलाई असफल बनाउने आत्महत्याको बाटो भने ।
प्रकाशित मिति: शनिबार, पुस ४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय