हिमाल दैनिक
राष्ट्रवादी ओली सरकारले यसरी बढाउँदैछ विदेशी चलखेल, शक्तिकेन्द्रको क्रिडास्थल बन्दै नेपाल
oli-bidhya
गत निर्वाचनपूर्व उग्रराष्ट्रवादको नारा दिएर सत्तामा पुगेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्लो विवादस्पद कदमले नेपाललाई अन्तर्राष्ट्रिय क्रिडास्थलमा परिणत गर्ने खतरा बढ्दै गएको छ। विशेषगरी नेकपाका शीर्ष नेताहरुबीच आपसी द्वन्द्धले उत्कर्षको दिशा लिइरहेकै बेला उत्तर र दक्षिणका छिमेकी मुलुकबाट उच्च सरकारी र राजनीतिक अधिकारीहरुले एकपछि अर्को गर्दै नेपालमा भ्रमण गर्दै सरकारी नेतृत्वसँग गोप्यरुपमा गरिएका वार्ताहरुले सार्वभौमसत्ता सम्पन्न नेपालको राष्ट्रिय स्वाभिमानले कतै शीर निहुर्याउने त होइन भन्ने आशंका समेत बढाएको छ। केही समयअघि भारतका गुप्तचर प्रमुखदेखि नेपालप्रति असहिष्ण अभिव्यक्ति दिएका सेना प्रमुख मात्र होइन भारतीय विदेश सचिवले खुलमखुला नेपालमा आएर प्रधानमन्त्रीदेखि राष्ट्रपति र उच्च राजनीतिक तहमा भेटवार्ता गर्यो। यसका अतिरिक्त भारतीय सत्तारुढ पार्टीका एक प्रतिनिधिले ओलीलाई बालुवाटारमा गोप्य रुपमा भेटवार्ता गरे। यसका अतिरिक्त उत्तरको छिमेकी चीनले पनि रक्षामन्त्री तथा सेना अध्यक्षलाई नेपाल पठाएर नेपालको आन्तरिक राजनीतिक गतिविधिसँगै माइक्रो म्यानेजमेन्टमा प्रत्यक्ष संलग्नता रहेको स्पष्ट सन्देश दियो। पछिल्लो एक वर्षयता नेकपाभित्रको आन्तरिक विवाद उत्कर्षमा पुग्दै गर्दा बालुवाटारदेखि शीतल निवासहुँदै खुमलटारदेखि कोटेश्वरस्थित उच्च राजनीतिक नेतृत्वको निवासमा चिनियाँ राजदूतले धाएर विवाद साम्य पार्दै आएको चर्चा सेलाउन नपाउँदै आइतबार चीनको एक उच्च राजनीतिक प्रतिनिधि मण्डल नेपाल आइपुगेको छ। चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ ए झाउको नेतृत्वमा आइतबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको चार सदस्यीइ टोलीले काठमाडौं झरे लगत्तै उच्चस्तरिय राजनीतिक भेटवार्तालाई तिब्रता दिएको छ। उपमन्त्री गुओसहितको टोलीले सुरुमा नेकपाको आन्तरिक विभाजनमा मुछिएको आरोप लागेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्यो। साँझ उक्त टोलीले अत्याधिक बहुमत प्राप्त शक्तिशाली र बलशाली सरकारको नेतृत्व गर्दै आएका प्रधानमन्त्री ओलीसँग सरकारी निवास बालुवाटारमा भेटवार्ता गर्यो। जनताको अपार समर्थनमा सत्ताको नेतृत्व लिएको तीन वर्ष नपुग्दै सत्ता र पार्टी संचालनमा असफल बनेको आरोप लागेका प्रधानमन्त्री ओलीले पार्टीभित्रको आन्तरिक कचिंगलोबाट भाग्दै हठातमा संसदको विघटन गरेर पार्टीलाई समेत विभाजनको भासमा धकेलेका ओलीसँग चिनियाँ प्रतिनिधि मण्डलले गरेको भेटवार्तालाई विशेष चासो र महत्वकासाथ हेरिएको छ। यसअघि काठमाडौंस्थित नेपालका लागि चिनियाँ राजदूद हाउ याँन्छीले नेकपाभित्रको विवाद समाधान गरी पार्टी विभाजनको खतरा टार्न सक्दो प्रयास गरेकी थिइन्। उनको असफल प्रयासका बाबजूद नेकपा विभाजनको उत्कर्षमा पुगेकै बेला चिनियाँ उच्च अधिकारीको नेपाल भेटलाई नेकपाको विभाजन टार्ने अर्को असफल प्रयासको रुपमा कतिपय विश्लेषकले हेरिरहेका छन्। उक्त प्रतिनिधि मण्डलको नेपाल भ्रमणको लक्ष्य र उद्देश्यबारे सरकार र दूतावास दुबैले केही उल्लेख गरेका छैनन्। स्रोतका अनुसार, चिनियाँ प्रतिनिधि मण्डलले सोमबार बिहान असन्तुष्ट पक्षका नेताद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई पनि भेट्ने कार्यक्रम रहेको बताइएको छ।
प्रकाशित मिति: शनिबार, पुस ११, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update