हिमाल दैनिक
नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली कायर मात्र होइन, जाली र झेली भएको आरोप लगाएका छन्। नेपालको संविधान अनुसार टाउको संसदमा टाउको गनेर प्रधानमन्त्री बनेका ओलीले संविधान बमोजिम संसदको अधिवेशन नबोलाएर राष्ट्रपतिको सहारामा संसदको विघटन गरेर संविधान, लोकतन्त्र र जनभावनामाथि कुठाराघात गरेको आरोप थापाले लगाए। संसद विघटनको विरोधमा पार्टीले सोमबार देशव्यापी विरोध कार्यक्रम अन्तरगत नेपालगञ्जमा आयोजित विरोध सभामा सम्बोधन गर्दै थापाले विगतमा संसदीय व्यवस्थामा देखिएको कमजोरीका कारण संविधानमा संसद विघटनको प्रावधान नराखेकोमा प्रधानमन्त्री र राष्ट्रपतिले संविधान मिचेर विघटन गरेको दाबी गरे। उनले विगत तीन वर्षको अवधिमा ओलीले एकपछि अर्को अपराध र कुकर्म गरेर देश र जनतामाथि अपमान गरेको बताए। अहिलेको स्थिति उत्पन्न हुनुमा ओली मात्र दोषी नभएको भन्दै यसका लागि पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल जसले ओलीको कुशासनविरुद्ध मौनता साँध्नाको परिणाम भएको बताए। यही स्थिति रहेमा नेकपा नेता दाहालले कुनै दिन रत्नपार्कमा उभिएर म कम्युनिष्ट हुनु नै सबैभन्दा ठूलो गल्ती रहेछ भन्न बेर नभएको उनले बताए। संसद विघटन गरेर संविधानमाथि प्रहार भएको बताउँदै यो बाटो सच्चिएन भने आगामी दिन नेपाल र नेपाली जनताको हक, अधिकार ओरालो लाग्ने ठोकुवा गरे। संसद विघटनको विषय अहिले अदालतमा विचाराधिन रहेको बताउँदै आफू र आफ्नो पार्टी स्वतन्त्र न्यायालयमाथि विश्वास गर्ने बताउँदै अदालतले विगतमा राजाको प्रत्यक्ष शासनको समयमा जस्तै निश्पक्ष न्याय निरुपण हुने आशा व्यक्त गरे। उनले केपी शर्मा ओलीले संसद विघटन गरेपछि वैशाखमा निर्वाचन गराउलान् र कांग्रेसका सदस्यहरुलाई सांसदको लोगो लगाइदिने कार्य गर्र्लान् भनि ढुक्क नहुन आम कार्यकर्तालाई आग्रह पनि गरे।  
प्रकाशित मिति: आइतबार, पुस १२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update