हिमाल दैनिक
ओलीेको स्वेच्छाचारी कदमको विरोधमा पर्वतमा युवा संघ र अखिलद्वारा मशाल जुलुस
132211162_719947032287406_1149097551524579479_n
प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंबैधानिक कदमका बिरुद्धमा पर्वतमा आक्रोशको ज्वाला बलेको छ। जनताले दिएको जनमतको सम्मान गरि प्रतिनिधि सभाको पुनःस्र्थापनाको माग गर्दै राष्ट्रिय युवा संघ नेपाल पर्वत र अनेरास्वबियू पर्वतले मसाल जुलुस प्रदर्शन गरेको हो। प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने राष्ट्रघाती कदमका विरुद्ध मशाल जुलुस प्रदर्शन गरिएको अनेरास्वबियू पर्वतका अध्यक्ष तेज प्रसाद शर्माले बताए। कुस्माको मैत्री चोकबाट शुरु भएको मसाल जुलुस लोकतन्त्र चोक, प्रगति चोक हुँदै शिवालय चोकमा गएर कोणसभामा गरिएको थियो। उनीहरुले प्रधानमन्त्रीका कमद विरुद्ध नाराबाजीसमेत गरेका थिए। कोणसभामा बोल्दै अनेरास्वबियूका जिल्ला अध्यक्ष शर्माले असंवैधानिक र राष्ट्रघाती कमद नसच्याएसम्म आन्दोल जारी रहने र आन्दोलनको बलमा संसद पुनःस्र्थापना गराएर छाड्ने बताए। कार्यक्रममा अनेरास्वबियू पर्वतका पूर्व अध्यक्ष सुवासचन्द्र पौडेलले संबिधानको मर्म भावना र जनमतको अपमान हुने गरि चालेको कदम कुनैपनि हालतमा सह्य नहुने बताए। कार्यक्रममा युवा संघ पर्वतका अध्यक्ष बलराम नेपालीले ओलीका बिरद्ध शसक्त आन्दोलन गर्ने चेतावनी दिए। नेकपा कुस्मा नगर कमिटिका अध्यक्ष शंकर गिरीले आन्दोलनको बलबाट संसद पुनः स्थापना गरेर छाड्ने बताए। पछिल्ला केही दिनयता प्रधानमन्त्री ओलीले चालेको संविधान विपरितको कदमका विरुद्ध देशैभरी विरोध प्रदर्शन भइरहेका छन्। यसैबीच नेकपा पर्वतले यहि पुस १४ गतेका लागि तय गरेको बिरोध प्रदर्शन कार्यक्रमलाई व्यवस्थित र संयम ढंगले गर्ने गरि तयारी पुरा गरेको बताएको छ। बिरोध कार्यक्रमका लागि जिल्लाभरबाट कार्यकर्ताहरुलाई सदरमुकाम ल्याउने गरि तयारी थालेको पाटी सचिब सुदिप कुँवरले बताए।
प्रकाशित मिति: आइतबार, पुस १२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update