पूर्व राष्ट्रपति रामवरण यादवले असंवैधानिक ढङ्गबाट गरिएको प्रतिनिधिसभा विघटनको घटनाले मुलुकलाई पुनः अनिश्चितताको बाटोमा धकेल्ने खतरा बढेर बढिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा बिहिबार काठमाडौमा आयोजित कार्यक्रममा बोल्दै पूर्व राष्ट्रपति यादवले असंवैधानिक ढङ्गबाट प्रतिनिधिसभा विघटन भएको भन्दै यसले संविधान, संविधानवाद, राष्टियता सबैमाथि अहिले दूरगामी प्रभाव पार्ने र अनिश्चितताकाे बाटाेमा देश गइरहेकाे बताए।
कार्यकारीबाट भएकाे असंवैधानिक ढंगबाट भएकाे याे कदमकाे टुंगाे लगाएर संवैधानिक बाटाेमा ल्याउने भन्नेबारे राजनीितक दल, पत्रकार, नागरिक समाज जिम्मेवारी भएकाे उनले बताए।
यसैले सर्वोच्च अदालत अहिले सबै लोकतन्त्रवादीहरुको आशा, भरोसा र विश्वासको केन्द्रको रुपमा रहेकाले अदालतले संसद पुनस्थापना गर्ने विश्वास उनले व्यक्त गरे।
प्रतिनिधिसभामा ३ करोड नेपाली जनताको प्रतिनिधि बस्ने भन्दै उनले प्रतिनिधिसभालाई विघटन गरेर लोकतन्त्रलाई आघात पु¥याउने काम गरिएको आरोप लगाए।
उनले नेपालको भूराजनीतिक अवस्थाका कारण दुई छिमेकी देशहरुले अहिले नेपालमा परेड खेल्ने काम गरेको भन्दै नेपालले स्वस्थ विदेश नीति नलिएसम्म देशलाई बचाउन कठिन हुने चेतावनी दिए।
त्यस्तै नेपालको पछिल्लो राजनीतिक घटनाक्रमले अन्तर्राष्ट्रिय समुदायको समेत ध्यानाकषर्ण गरेको भन्दै त्यो देशका लागि सुखद नहुने धारणा राखे।
त्यस्तै पूर्व राष्ट्रपति यादवले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमले बीपी कोइरालाको मेलमिलापको नीति झनै सान्दर्भिक बन्दै गएको बताए।
कार्यक्रममा नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको प्रतिनिधिमूलक संस्थालाई ध्वस्त पारेर आगामी वैशाखमा निर्वाचन गर्ने घोषणा गरेपनि निर्वाचन असम्भव रहेको बताए।
उनले सरकारलाई दबाद दिन सम्पूर्ण राजनीतिक दलहरुले सडकमा आन्दोलन गरेर संसद पुनस्थापना गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।
प्रकाशित मिति: बुधबार, पुस १५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय