हिमाल दैनिक
ओलीसँग दाहाल–नेपाल समूहको नेकपाको होसै उड्यो, पुस ३० गते पनि विरोध कार्यक्रम गर्ने रे!
narayan-kaji-shrestha-nekapaa
प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक र अलोकतान्त्रिक ढंगले प्रतिनिधि सभाको विघटन गरेको भन्दै विभाजित भएको पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ओली विरुद्ध चालेको दोस्रो चरणको आन्दोलन कार्यक्रममा हुँदैनभएको दिनमा पनि विरोध कार्यक्रम राखेर आफ्नो हुस्सुपन उजार गरेको छ। केन्द्रीय संघर्ष समितिले शनिबार कोटेश्वर पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको महिनादिन लामो आन्दोलनको कार्यक्रममा २९ दिनको पुस महिनाको पात्रोको यादै नगरी पुस ३० गते पनि विरोध कार्यक्रम राखेपछि नेता र कार्यकर्ता समस्यामा पर्ने भएका छन्। संर्घष समितिले सार्वजनिक गरेको कार्यक्रम अनुसार, पुस २० देखि माघ २३ गतेसम्मको आन्दोलनका कार्यक्रमको सूचिमा प्रधानमन्त्रीलाई विरोध पत्र बुझाउने, गाउँ गाउँमा कालो झन्डा गाड्ने, सरोकारवाला पक्षसँग अन्तक्रिया, प्रदर्शन लगायतका रहेका छन्। पुस २० गतेसम्म पालिकास्तरमा र २५ गतेसम्म वडास्तरमा भेला र आन्दोलनसम्बन्धी अभिमुखीकरण कार्यक्रम चलाउने, पुस २१ गते संघीय राजधानी र देशका ठूला शहरमा अन्य राजनीतिक शक्तिहरुसँग प्रधानमन्त्री ओलीको कदमविरुद्ध अन्तरक्रिया कार्यक्रम, पुस २३ गते नागरिक समाजसँग अन्तरक्रिया गर्ने सो पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। त्यस्तैपुस २४ गते सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउने कार्यक्रम रहेको छ। तर, पुस ३० गतेका लागि देशव्यापी सबै वडाहरुमा विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम राखिएको छ। जब कि नेपाली पात्रो अनुसार, पुस महिना २९ दिनको मात्रै हुने गर्दछ। माघ २३ गते राजधानीमा विरोध प्रदर्शन र सभा गरिने श्रेष्ठको भनाई छ। पत्रकार सम्मेलनमा प्रवक्ता श्रेष्ठले संसद पुनर्स्थापना नभएसम्म आन्दोलन जारी राख्ने बताए। उनले अन्य दलहरुपनि आफुहरुको आन्दोलनका सहभागी हुने र संयुक्त आन्दोलन गर्ने दाबी गरे। पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गराएपछि नेकपा विभाजन भएको थियो भने दाहाल(नेपाल समूहले आन्दोलन गर्दै आएको छ। सो पक्षले आन्दोलन परिचालनका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ।
प्रकाशित मिति: शुक्रबार, पुस १७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update