नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले संविधानलाई क्षतविक्षत पारेको आरोप लगाएका छन् ।
संसद बिघटनबिरुद्ध नेकपाले बुधबार काठमाडौंमा गरेको अन्तक्र्रिया कार्यक्रममा नेता नेपालले संविधानमा व्यवस्था नै नभएको संसद बिघटन गरेर प्रधानमन्त्री ओलीले संविधानलाई क्षतविक्षत पारेको आरोप लगाएका हुन् ।
राजनीतिक स्थायीत्वको लागि प्रधानमन्त्रीले संसद् विघटन गर्न नपाउने व्यवस्था गरेपनि हुँदै नभएको अधिकार प्रयोग गरिएको उनले बताए ।
उनले प्रधानमन्त्री केपी शर्मा ओली जस्तो निरंकुश र अहंकारी व्यक्ति कोही नभएको आरोप समेत लगाए । संकटकाल लगाउने सम्मको तानाबाना बुनिरिहेको हल्ला आएको भन्दै उनले त्यसलाई सफल हुन नलिने स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीको कदमविरुद्ध सडक संघर्ष जारी रहेको बताए ।
https://www.youtube.com/watch?v=WxsVfCMWU6Y
त्यस्तै जसपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीले संविधानभन्दा माथिबाट समग्र व्यवस्थालाई नै ‘कू’ गरेको बताए । पूर्वप्रधानमन्त्री भट्टराईले दुईतिहाइ बहुमतको सरकार चलाउन नसक्ने मान्छेले चुनाव गराउँछ भन्ने भ्रममा नपर्न पनि आग्रह गरे ।
https://www.youtube.com/watch?v=f1U6KNi-bSs
कार्यक्रममा कांग्रेसका नेता मीनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको एउटा पांग्रो भत्काएको तर्क गरे । बहुमतको प्रधामन्त्रीले पनि संसद् विघटन गर्न नपाउने व्यवस्था गरेको भन्दै उहाले असंवैधानिक कदमको विरुद्धमा आन्दोलन जारी रहेको तर्क गरे।
https://www.youtube.com/watch?v=nVzt00nVkiA
बैठकमा अन्य नेताहरुले संसद बिघटन गर्ने असंवैधानिक कदमबिरुद्ध सवैले आवाज उठाउनुपर्ने धारणा राखेका थिए ।
प्रकाशित मिति: मंगलबार, पुस २१, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय