हिमाल दैनिक
विभाजित नेकपाका उपाध्यक्ष वामदेव गौतमले चर्को विवादका बाबजूद राष्ट्रिय सभा सदस्यमा मनोनित भएपछि पहिलो पटक सांसदको रुपमा सम्बोधन गर्दा अलमलमा परे। सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बिहिबारको बैठकमा विशेष समय दिएर सांसद गौतमलाई बोल्न समय दिएपछि उनी आफ्नो सिटबाट उठेर पोडियम तर्फ जान चार सिँढी झरेर आउँदैगर्दा अध्यक्ष तिमिल्सिनाले उनलाई बसेकै स्थानबाट बोल्न व्यवस्था गरेको भन्दै फर्किन अनुरोध गरे। त्यसपछि आफ्नो लागि व्यवस्था गरिएको सिट अगाडि राखिएको माइक अन नगरीकनै उनी सभाध्यक्षलाई सम्बोधन गरी बोल्न थाले। त्यसको केही बेरमै उनले चाल पाएकी आफूले बोलेको कुरा माइकबाट आएको छैन भनेर। यताउता हेर्दै माइक अनगरेपछि उनले भने, ‘यो तीनवर्ष पनि संसदमा आएको हुनाले बिर्सिन थालेको रहेछ।’ त्यसपछि उनले राष्ट्रिय सभामा आफ्नो राजनीतिक जीवनमा पहिलो पटक १७ गतेको बैठकमा उपस्थित भएको बताउँदै आजको बैठकमा बोल्ने समय लिएको बताए। संविधान र निर्वाचन सम्बन्धि कानून व्यवस्थामाथि चुनौती दिँदै प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचनमा पराजित भएपछि सांसद बन्ने उत्कट चाहनालाई पूरा गर्न गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत राष्ट्रपतिबाट मनोनित भएका थिए।  
प्रकाशित मिति: बुधबार, पुस २२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update