हिमाल दैनिक
दिल्लीमा हरायो लिम्पियाधुराको चुच्चो!
pradip-gyawali
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तीन दिने भारत भ्रमणमा रहेका छन्। नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिन बिहिबार परराष्ट्रमन्त्री ज्ञवाली भारत पुगेका हुन् । भारतीय विश्व सम्बन्ध परिषद्ले आज नयाँ दिल्लीमा आयोजना गरेको प्रवचनमा ज्ञवाली सहभागी भए । उनि सहभागी भएको उक्त कार्यक्रमको तस्बिरले अहिले नेपालमा निकै चर्चाको बिषय बनेको छ । उनको स्वागतको लागि टाँसिएको ब्यानरले अहिले सामाजिक संजालमा निकै चर्चा कमाएको छ। व्यानरमा एकदम धमिलो रुपमा रखिएको नेपालको नक्साले सीमा विवादको बिषयमा भारतको धारणा प्रष्ट रुपमा देखिएको छ। पछिलो समय भारतले नेपालको भुमि मिचेको भन्दै नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गर्यो। संविधान संसोधन गरेर नेपालले नयाँ नक्सा जारी गर्दै यो बिषयमा भारतसंग वार्ता गर्न पटक पटक गरिराखे पनि भारतले भने यस बारेमा कुनै धारणा आएको थिएन । अहिले तीन दिने भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्रीलाई भारतले आफ्नो धारणा सांकेतिक रुपमा देखाएको छ । उक्त तस्बिरमा नेपालको नक्सा मधुरो पारेर राखेको छ। यसमा पछिल्लो समय नेपालले जारी गरेको नक्सा भने समावेश गरेको छैन । आजको उक्त कार्यक्रममा ज्ञवालीले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धमा आँच पु-याउने सिमानासम्बन्धी समस्या वार्ताको माध्यमबाटै समाधान गर्न सहमत नेपाल र भारतले एउटा क्षेत्रको मतभिन्नताका बाबजुद पारस्परिक सम्बन्धका समग्र आयामलाई निरन्तर गति दिइरहेका बताएका छन्। उनले नेपाल र भारतबीचको एक हजार आठसय किलोमिटर अन्तर्राष्ट्रिय सिमानामध्ये केही किलोमिटर खण्डको मात्र सिमाङ्कनको काम बाँकी रहेको यथार्थ सुनाउँदै त्यसको पूर्णताका निम्ति संवाद गर्न नेपाल तयार रहेको तथा निष्कर्षमा पुग्न विश्वास र दायित्वको दायरालाई विस्तारित गर्नुपर्नेमा जोड दिए । नेपालको बाह्य सम्बन्धका प्राथमिकता आफ्ना अन्तर्राष्ट्रिय सिमानाबाट प्रारम्भ हुने तथा भारतसँगको सम्बन्धको आधारशिलालाई अझ मजबुत तुल्याउँने स्पष्ट लक्ष्य र उद्देश्य रहेको उनले बताए । राजनीतिक एवं आर्थिक सामथ्र्यले विश्वशक्ति राष्ट्रका रुपमा अघि बढेको भारतले गरेको उल्लेखनीय प्रगतिबाट नेपाल हर्षित रहेको तथा दुवै देशका आ–आफ्नै आकाङ्क्षा रहेका बताउँदै मन्त्री ज्ञवालीले स्थिर र समृद्ध नेपाल निर्माण नै तीन करोड नेपालीको अभिलाषा रहेको प्रष्ट्याए। त्यस्तै, कोभिड–१९ विरुद्धको खोप सफलतापूर्वक विकास गरेकामा भारतका वैज्ञानिक, शोध एवं अनुसन्धान केन्द्र, नवप्रवर्तक कम्पनीप्रति बधाई ज्ञापन गर्दै उहाँले छिमेकीका नाताले नेपाललाई पनि खोप प्राप्त हुने आशा व्यक्त गरे । सार्वभौमिक समानताका सिद्धान्त, पारस्परिक सम्मान र अहस्तक्षेप नेपाल र नेपालीका निम्ति राष्ट्रिय गौरवका अतिमूल्यवान मान्यता हुन् भन्दै उनले कसैप्रति दुराशय नराख्ने र सबैप्रति मैत्री कायम गर्ने नेपालको उद्देश्य भएको बताए । तीन दिने भ्रमणमा रहेका मन्त्री ज्ञवाली ३ माघमा स्वदेश फर्कने कार्यक्रम छ ।
प्रकाशित मिति: बिहीबार, माघ १, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update