नेकपा केपी ओली पक्षले निर्वाचनको तयारीलाई निरन्तरता दिन र दल दर्ताको प्रक्रिया सुरु गर्न निर्वाचन आयोगलाई सुझाव दिएको छ । शुक्रबार आयोगले बोलाएको छलफलका क्रममा सो पक्षले निर्वाचनको सबै कार्यमा तदारुकताका साथ अगाडि बढाउन सुझाव दिएको हो ।
उक्त छलफलमा दल दर्ता र निर्वाचनका बारेमा छलफल भएको सो पक्षका नेता सुवास नेम्वाङले जानकारी दिए । उनले सर्वोच्चबाट स्टे अडर नआएको अवस्थामा आयोगले निर्वाचन सम्बन्धी कार्यक्रममा ढिलाई गर्न नहुने बताए ।
नेम्वाङले नेकपाको आधिकारिकताबारे आयोगले निर्णय गरिसकेको दाबी गरे । निर्वाचन गर्नका लागि कम्तीमा ८४ दिन चाहिने भएपनि अहिले ९० दिनभन्दा बढि समय रहेकाले निर्वाचन गर्न आफुहरु पूर्ण रुपमा तयार रहेको जानकारी आयोगबाट पाएको उनले बताए । त्यस्तै उहाले आफुहरु नै आधिकारीक नेकपा भएको बताए ।
प्रकाशित मिति: बिहीबार, माघ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय