हिमाल दैनिक
मधेसलाई नागरिकता दिन नचाहने ओली भगवान रामलाई नागरिकता दिँदैछन्ः गगन थापा
Parsa Congress
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ का नागरिकलाई नागरिकता दिन अस्विकार गर्ने तर, भगवान रामलाई नागरिकता दिने अभियानमा लागेको आरोप लगाएका छन्। पर्सामा आइतबार आयोजित कार्यक्रममा बोल्दै नेता थापाले प्रदेश २ का नागरिकलाई नागरिकता दिउँ भन्दा नागरिकत दिन तयार नहुने प्रधानमन्त्री ओली भगवान रामलाई नागरिकता दिन लागेको भन्दै कटाक्ष गरे। थापाले भने, ‘भगवान रामलाई नागरिकता चाहिँदैन तर, यो प्रदेशका नागरिकलाई नागरिकता चाहिँन्छ।’ साथै उनले दुई वर्षअघि संसारबाट लखेटिएकी विवादस्पद कोरियन महिलालाई ल्याएर होलिवाइन खाएका प्रधानमन्त्री ओलीलाई जनै गह्रौ भएर कहिल्यै जनै नलगाएकोमा अहिले फेरि रुद्राक्षको गह्रौ माला लगाएर पशुपतिमा पूजा गर्ने कार्य भ्रमपूर्ण भएको बताए। मधेसी, आदिवासी, जनजाति लगायतका असन्तुष्ट समुदायको अधिकार सुनिश्चित गर्न कांग्रेसले संविधान संशोधनको प्रस्ताव दर्ता गर्दा उक्त प्रस्तावको विपक्षमा कम्युनिष्टहरू गएको %Eन्दै उनीहरु कहिल्यै विपन्न समुदायको पक्षमा नरहेको आरोप लगाए। यसैगरी विगतमा कांग्रेसको सरकारले मधेसमा नागरिकता बिहिनलाई नागरिकता वितरण गर्दैगर्दा पहाडमा मधेसीलाई नागरिकता बेचेको आरोपमा र मधेसमा पहाडियाको पार्टीको आरोपमा जनतामा कम्युनिष्ट र मधेसी दलले भ्रम छरेको आरोप लगाए। विगतमा कांग्रेस सभापति शेरबहादुर देउवाको सरकारले सिफारिस गरेका राष्ट्रिय सभा सदस्यको मनोनयनको प्रस्ताव राष्ट्रपति विद्यादेवी भण्डारीले लत्याएर संविधान विपरित कार्य गरेर अहिलेकाे स्थिति निम्त्याएकाे बताए। प्रतिनिधि सभा भंग गर्ने अधिकार प्रधानमन्त्रीसँग नभएकाे बताउँदै उनले अहिलेकाे कदमले संसद विघटन भन्दा पनि देशकाे संविधान विघटन गर्ने असंवैधानिक र अलाेकतान्त्रिक कदम भएकाे भन्दै अदालतले संसद पुनस्थापना गरेर संविधानकाे रक्षा गर्ने अपेक्षा व्यक्त गरे। नेकपाका कुनै नेताहरु नबोलेको भन्दै संविधान विरोधी गतिविधिको मतियार बनेको आरोप लगाए। संसदमा सभामुख र उपसभामुख पदमा एउटै पार्टीको सदस्य हुनुहुँदैन भन्दैगर्दा पनि नेकपाका पुष्पकमल दाहाल, माधवकुमार नेपाल लगायतका नेताहरु लोभ र लालचमा मौन बस्दा अहिले ओलीले असंवैधानिक कदम चालेको आरोप लगाए। केपी ओलीको उदय वा प्रवृत्तिको परिणामको दोष नेकपाका दाहाल, नेपाल र झलनाथ खनालको मात्र होइन ओलीलाई दुई तिहाइको दम्भ भर्ने कार्यका लागि मन्त्रीको लोभमा लाइन लाग्ने तथाकथित मधेसी दलका नेता उपेन्द्र यादव पनि जिम्मेवार भएको आरोप उनले लगाए। मधेसीको नाममा मधेसी दलको नेताहरुले मधेसीको नाममा देश लुट्ने कार्य गरेको आरोप लगाए। उनले यदी संसदभित्र मधेसी दलले सरकारको पक्षमा मत नदिएको भए दुई तिहाइको दम्भमा प्रधानमन्त्री ओलीकोे लुटतन्त्र र संविधान विपरित संसद विघटनको आधारसहित मलजल गर्ने कार्यमा उपेन्द्र यादवहरुको भूमिका पनि उत्तिकै जिम्मेवार भएको बताए। नेपालमा मधेस र मधेसीको हक, हित र अधिकार रक्षार्थ कांग्रेसले मात्रै सक्ने बताउँदै मधेस नै कांग्रेसको मियो भएको भन्दै मधेसको बलमा सिंहदरबारको तातो पाउँदा मधेसीले पनि न्यानो पाउनु अधिकार भएको बताए। साथै उनले आफूले गरेको कमजोरी सच्याएर आवश्यक परे माफी माग्दै जनताको बिचमा कांग्रेस पुग्नु परेको बताए। यसका अतिरिक्त संविधानले देश र जनतालाई सबै अधिकार दिएपनि अहिलेसम्म राज्यका प्रमुख निकायको प्रमुख पदमा अझै पुर्याउन नसकेको भन्दै त्यसतर्फ गम्भीर भएर सोच्ने बेला आएको पनि बताए।    
प्रकाशित मिति: शनिबार, माघ २४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update