हिमाल दैनिक
संसद विघटनले जटिलता निम्त्यायो, अब ताजा जनादेशः कमल थापा
RPP Chairman Thapa in Jhapa
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसद विघटनले संबैधानिक जटिलता निम्त्याएको बताएका छन्। शनिबार झापाको गौरिगन्जमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले अहिलेको भ्रष्टाचार, बेरोजगारी, मनपरितन्त्र, धर्मपरिबर्तन र सर्बसत्ताबादको चक्रको अन्त्यको निमित्त ताजा जनादेश उपयुक्त हुने बिचार व्यक्त गरे। अध्यक्ष थापाले राजसंस्था र हिन्दुराष्ट्र लोकतान्त्रिक र प्रगतिशील मान्यता भएको भन्दै शासन जनताको छोराछोरीले गर्ने, अभिभावकको रुपमा मात्र राजसंस्था रहदा मुलुकको सर्बोपरी हित हुने दाबी गरे। सबै धर्मको सम्मान हुने गरि सनातन हिन्दुराष्ट्र कायम गर्दा मुलुकको धर्म, संस्कृती, परम्परा र मौलिकताको जगेर्ना हुने थापाको धारणा थियो। विगत १४ बर्षको राजनीतिक अभ्यास असफल भएको भन्दै विदेशी दबाब, प्रभाव र हस्तक्षेप बढेर जानुमा स्वार्थ र शक्तिको फोहरी राजनीतिले काम गरेको उनको भनाई थियो। कम्युनिष्ट पार्टीभित्रको द्वन्द देशहित र निर्माणका निमित्त नभई कुर्सी शक्ति र भागबण्डाको निमित्त मात्र भएको थापाको टिप्पणी थियो। कार्यक्रममा बोल्दै राप्रपा नेता राजेन्द्र लिङ्देनले राप्रपालाई कांग्रेस र कम्युनिष्टको बिकल्पको रुपमा स्थापित गराएरै छाड्ने दृढता व्यक्त गरे। लिङ्देनले भ्रष्टाचार र बेथितिको विरुद्धमा राप्रपाले सशक्त आवाज उठाएर जनताको माझमा जाने बताए। कार्यक्रममा नेताहरू राम थापा, टेकनारायण राजबंशी, अम्बर बिष्ट ,बाशुदेब भट्टराई, बाबुराजा श्रेष्ठ, लगायतले सम्बोधन गरेका थिए।
प्रकाशित मिति: शुक्रबार, फागुन ७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update