प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषदको बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री ओलीले सुरक्षा परिषदको नियमित बैठक भन्दै मंगलबार बिहान साढे ९ बजे बैठक बोलाएको उनको निजि सचिवालय जनाएका हुन्।
नियमित बैठक भने पनि पछिल्लो समयको राजीनितिक घटना क्रमले गर्दा यसलाई निकै महत्वका साथ हेरिएको छ। प्रधान न्यायाधिश चोलेन्द्र शमशेर जबरा र प्रधान सेनापति पूर्णचन्द्र थापाबीच सोमबार भएको भेट वार्ताले पनि आजको बैठक अर्थपूर्ण ढंगले हेरिएको हो।
आजको बैठकमा पछिल्लो समय देशमा विकसित भएको घटना क्रम र बैशाखमा हुन लागेको निर्वाचन बारेमा छलफल हुने बताइएको छ। आजको बैठकमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री बिष्णु पौडेल र प्रधान सेनापति थापा उपस्थित हुने बताइएको छ।
राष्ट्रिय सुरक्षा परिषद देशको समग्र राष्तिरी हित, सुरक्षा र प्रतिरक्षा सम्बधि नीति तर्जुमा गर्न तथा नेपाली सेना परिचालन गर्ने वा नियन्त्रण गर्नका लागि नेपाल सरकार, मन्त्रिपरिषदलाई शिफारिश गर्ने गरिन्छ । उक्त परिषदमा प्रधानमन्त्री, रक्षा मन्त्री, गृहमन्त्री,परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेपाल सरकारको मुख्य सचिब र नेपाली सेनाका प्रधान सेनापति रहेका छन् ।
प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय