हिमाल दैनिक
प्रतिनिधि सभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि बदलिएको राजनीतिक परिस्थितिबारे परामर्श गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का द्वितीय अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपाल प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा जाँदैछन्। पुस ५ गते पार्टीभित्रको आन्तरिक द्वन्द्धका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन र मध्यावधि निर्वाचनको घोषणा गरेपछि अदालतमा परेको रिट निवेदनमाथि संवैधानिक इजलासले मंगलबार उक्त निर्णय बदर गरिदिएपछि फेरिएको तरल राजनीतिक अवस्थाबारे छलफल गर्न दाहाल र नेपालले देउवासँग समय मागेका थिए। बुधबार अपरान्ह देउवासँग भेटवार्ताको समय मागेको सभापति देउवा निकट स्रोतले बतायो। संसद विघटनको निर्णय बदर भएपछि पनि ओलीले पदबाट राजीनामा नदिएर संसदमा अविश्वास प्रस्तावको सामना गर्ने अडान लिएपछि राजनीतिक रुपमा विभक्त भएपनि कानूनी रुपमा एक रहेको सत्तारुढ नेकपाको असन्तुष्ट पक्षले ओलीलाई के कसरी हटाउने भन्नेबारे परामर्श गर्न देउवासँग समय मागेको हो।  
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update