सरकार र नेकपा बिप्लव समुहबीच तीनबुँदे सहमति भएका छ। वर्तमान राजनीतिक व्यवस्था र संविधानप्रति असन्तुष्ट जनाउँदै युद्धको तयारीमा उत्रिएको बिप्लव समूहसंग सरकारले बिहिबार बिहान वार्ता सहमति गरेको हो ।
सरकारका गृहमन्त्री राम बहादुर थापाको नेतृत्वमा गठित वार्ता टोली र बिप्लव समूहका नेता खड्क बहादुर बिश्वकर्मा नेतृत्व गरेको वार्ता टोली बीच तीन बुँदे सहमति भएपछि बिप्लव समूह शान्तिपूर्ण राजनीतिक अवतरणमा आउन तयारी भएको हो।
तीन बुँदे सहमतिमा सबै समस्याका समाधान वार्ताको मध्यमबाट गर्ने र बिप्लव समुहका पक्राउ परेका ब्यक्तिहरुलाई रिहा गर्ने र अहिले भएको वार्ताको सार्बजानिकरण २१ गते गरिने बताइएको छ।
प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय