सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नाम सम्बन्धि विवादमा परेको मुद्दाको फैसला आज सर्वोच्च अदालतमा निर्णय सुनाउँदै छ।
तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच २०७५ जेठ पार्टी एकीकरण गर्दै निर्वाचन आयोगले नयाँ नाम दिनुको सट्टा पहिले नै आयोगमा दर्ता भएको ऋषि कट्टेलको नेकपासँगै नाम जुधाएर दिएपछि सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथिको न्यायाधीश वमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले फैसला सुनाउन लागेको हो ।
कट्टेलले दर्ता गरेको रिट निवेदनमाथि भएको बहस सकिएपछि फागुन १३ गते न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले उक्त मुद्दाको सुनुवाई फागुन २० गते बिहिबार गर्ने निर्णय गरेको थियो।
तर, अचानक पूर्व प्रधानन्यायाधीश सिंहको मंगलबार निधन भएपछि बुधबार सर्वोच्च अदालतका प्रधानन्यायाधीशसहितका सबै न्यायाधीशहरुको पूर्ण बैठकले सिंहको निधनप्रति शोक व्यक्त गर्न बिहिबार एक दिन देशभरीकै सबै अदालत बन्द गरी शोक विदा दिने घोषणा गरेको थियो । उक्त फैसला आज हुँदैछ।
तत्कालिन समयमा नेकपाका द्वितीय अध्यक्ष पुष्कमल दाहालको चाहना बमोजिम तत्कालिन प्रमुख निर्वाचन आयुक्त आयोधीप्रसाद यादवले राजनीतिक दल सम्बन्धी ऐनको व्यवस्थालाई वेवास्था गर्दै कट्टेलको नेकपासँगै बाझिनेगरी ब्राकेटमा (ने.क.पा.) लेखेर दल दर्ताको प्रमाणपत्र दिएका थिए।
तर, पछिल्लो समय सत्तारुढ नेकपाभित्रको शक्तिसंघर्षले राजनीतिक रुपमा विभाजन भएपनि कानूनी रुपमा एउटै रहेको नेकपाको नाम र भविश्यसँगै पार्टी विभाजन हुने वा नहुने लगायतको विषयले उक्त मुद्दा थप महत्वको विषय बन्न पुगेको थियो।
प्रकाशित मिति: शनिबार, फागुन २२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय