अदालतको आदेशले विछिप्त भएका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवम सभापति शेर बहादुर देउवालाई भेट्न देउवा निवास पुगेका छन्।
आइतबार सर्वोच्च अदालतले नेकपालाई मान्यता नदिई एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि अध्यक्ष दाहाल आज करिब ४ बजे सभापति देउवालाई भेट्न बुढानिलकण्ठ स्थित देउवा निवास पुगेका थिए।
देउवालाई भेट्न समय माग गर्दै उनकै निवास पुगेका दाहालले पछिल्लो राजीनितिक घटनाक्रमबारे छलफलका भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । त्यस्तै दाहालले आगामी दिनमा माओवादी केन्द्र र कांग्रेसबीच के कसरी सहकार्य र सहमति गरेर अगाडी बढ्न सकिन्छ भनेर आग्रह गरेका थिए । यसको जवाफमा देउवाले पार्टीमा आवश्यक छलफल र पार्टीको निर्णय पश्चातमात्रै कुनै निस्कर्षमा पुग्ने बताए।
यस अघि अध्यक्ष दाहाल पेरिसडाँडामा माओवादी केन्द्रको बैठकमा थिए । उक्त बैठकले सरकार र सदन सञ्चालनबारे काँग्रेस र जनता समाजवादी पार्टी नेपाल (जसपा) सँग छलफल गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले आवश्यक परे एमालेसंग पनि संवाद गर्ने निर्णय गरेको छ ।
प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय