राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाबिरुद्धको खोप लगाएकी छिन् ।
सोमबार अपरान्ह महाराजगञ्जस्थीत शिक्षण अस्पताल पुगेर राष्ट्रपति भण्डारीले कोरोनाविरुद्धको खोप लगाएकी हुन् ।
चैत ९ गते दूई दिने औपचारिक भ्रमणमा बंगलादेश जानु अघि राष्ट्रपति भण्डारीले खोप लगाएकी हुन् । खोप लगाएतका पूर्वधार समयमा नै स्वदेश भित्राउनु सरकारको सफलता भएको उनले बताईन ।
त्यस्तै उनले आफु ९ र १० गते बंगलादेश जानुपर्ने भएकाले पनि समयमा नै खोप लगाएको उल्लेख गरिन् । त्यस्तै उनले चरणबद्ध रुपमा खोप अभियान सञ्चालन भएकाले आफ्नो उमेर समूहको पालो आएपछि पनि खोप लगाएको बताईन । राष्ट्रपति भण्डारीले पुरै विश्वस्त भएर कोरोनाबिरुद्धको खोप लगाउन आग्रह गरिन् ।
माघ १४ गतेदेखि शुरु भएको कोरोनाविरुद्धको खोप अभियान अन्तर्गत अहिले फागुन २३ देखि ६५ वर्षमाथिका नागरिकले खोप लगाइरहेका छन् ।
प्रकाशित मिति: आइतबार, चैत १, २०७७
प्रतिक्रिया दिनुहोस्