महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले आज महान्यायाधिवक्ताको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी पदबाट राजीनामा दिएको जानकारी दिए ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले २०७४ फागुन ८ गते उनलाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेकी थिइन् । प्रधानमन्त्रीसँग आफूले सल्लाह गरेर नै राजनीनामा दिएको र आगामी दिनमा आफू सक्रिय राजनीतिमा क्रियाशील रहने उनले बताए ।
प्रकाशित मिति: बिहीबार, चैत ५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय