नेताहरुबीच उत्पन्न गम्भीर मतभेदकाबीच सुरु भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा नेताहरुको पोजिसन अनुसारको कुर्सी, टेबेल मात्र होइन, सेनिटाइजरमा पनि नम्बर राखिएको छ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीविरुद्ध असन्तुष्ट बनेका द्वितीय अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरुको दबाबपछि शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा फेरि नेताहरुको कुर्सी र टेबलमा फेरि विभेद गरिएको छ।
अध्यक्ष एवं प्रधानमन्त्री ओलीका लागि जति चहकिलो कुर्सी र टेबल राखिएको छ, त्यसको तुलनामा अर्का अध्यक्ष दाहालको कुसी र टेबलको कलर फिका देखिन्छ। त्यतिमात्र होइन, माधवकुमार नेपाल र वामदेव गौतमको समान कलरको कुर्सी राखिएको छ।
सबैभन्दा रमाइलो पक्ष त के छ भने, प्रधानमन्त्री ओली र अध्यक्ष दाहालको टेबलमा राखिएको सेनिटाइजरमा पनि नम्बर राखिएको छ। ओलीका लागि १ नम्बर टाँसिएको सेनिटाइजर बोटलसहित स्प्रे पनि राखिएको छ भने, द्वितीय अध्यक्ष दाहालको टेबलमा सेनिटाइजरको बोटलमा पनि २ नम्बर नै राखिएको छ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय