कोरोनाका कारण बन्द भएको लामो समयबित्दा सिनेमा हल खुल्न नसक्दा यसक्षेत्रमा सरोकारवालाहरु मर्कामा परेका छन् । कोरोना संक्रमणको त्रासका कारण बन्द भएका प्रायः अधिकांश क्षेत्र खुला भइसक्दा पनि नेपालका सिनेमा हलहरुभने अझै बन्द रहेका हुन् ।
सरकारले बन्द रहेका सिनेमा हल खोल्न अनुमति नदिएका कारण यस क्षेत्र थप धरासयी बनेको सरोकारवालाहरुको भनाई छ । चलचित्रकर्मीहरुले दसैँअगाडि नै सिनेमा हल खोल्न सरकारसमक्ष आग्रह गरेका थिए । लामो समयसम्म हल नखोलिदा करोडौं लगानी डुव्ने अवस्थामा पुगेको हल सञ्चालकहरुले गुनासो गरेका थिए ।
त्यस्तै सिनेमा हल खुल्न नसक्दा निर्माण भएका चलचित्र रिलिज हुन सकेका छैनन् । सबै क्षेत्र खोलिएको अवस्थामा अब सिनेमा क्षेत्र पनि खोलिनुपर्ने चलचित्र विकास बोर्डको माग छ । कम्तिमा ५० प्रतिशतभन्दा माथि अकुपेन्सीमा सिनेमा हल सञ्चालन गर्न पाउनुपर्ने, निर्माता संघले नयाँ सिनेमा रिलिज गर्दा लगानीको २० प्रतिशत रकम निर्मातालाई सरकारले दिनुपर्ने लगायत माग बोर्डले अघि सारेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय