नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पाँच बर्षसम्म प्रतिपक्षीमा बस्न जनताले दिएको म्यान्डेड अनुसार आफुहरु बिपक्षीकै भूमिकामा रहने बताएका छन्।
सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा नेता सिंहले नेकपाभित्रको विवादमा कांग्रेसका कुनै सरोकार नभएको भन्दै नयाँ सरकार गठनको हल्लामा कांग्रेसलाई नजोड्न समेत आग्रह गरे ।
उनले प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुरलाई भेटको कुरासंग सत्ता राजनीतिको कुनै अर्थ नरहेको स्पष्ट पारे ।
नेता सिंहले महिनौ देखि आन्तरिक कलह र कुर्सीको खेलमा सत्तारुढ दल नेकपा लागेकाले महामारीको बेला समेत जनताको समस्याप्रति सरकार बेखवर रहेको बताए । अहिले नेकपाको सरकारले संघियताको मर्म र भावना बिपरित काम गरिरहेको र महामारीका बेला भ्रष्टाचार नै तल्लीन रहेको उनको आरोप थियो ।
फरक प्रसंगमा नेता सिंहले सरकारले पुराना तथा ईतिहास बोकेका पार्कहरुको नाम परिवर्तन गरि आफ्नो दलका नेताहरुको नामाकरण गर्न थालेको भन्दै आपत्ती जनाए ।
उनले पुराना ईतिहास बोकेका पार्कहरु अतिक्रमण गरे राम्रो नहुने भन्ँदै इतिहासलाई सम्मान गर्न आग्रह पनि गरे ।
प्रकाशित मिति: आइतबार, मंसिर ७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय