राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनको स्वास्थ्य अवस्था बुझ्न राप्रपाका दुई अध्यक्ष कमल थापा र अध्यक्ष प्रकाशचन्द्र लोहनी मेडीसिटि अस्पताल पुगेका छन् ।
दुबै फोक्सोमा निमोनियाको संक्रमण देखिएका सांसद लिङ्देनलाई बिहिबार हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो । अस्पतालका डा दिप्तेश अर्याल र सिईयो पंकज बास्कोटाले अध्यक्ष थापालाई लिङ्देनको पछिल्लो स्वास्थ अबस्थाबारे जानकारी गराएका थिए ।
लिङ्ग्देनको स्वास्थ अबस्थामा उल्लेखनीय सुधार भएको अस्पताल प्रशासनले जनाएको छ । उनको पुन: कोभिड परिक्षण गर्नका लागि स्वाब लिईएको छ । अस्पताल श्रोतका अनुसार अहिले अक्सिजन दिन परेको छैन। अध्यक्ष थापा पार्टी कार्यक्रमको सिलसिलामा गृहजिल्ला मकवानपुर गएका थिए । आज काठमाडौं फर्किने क्रममा अध्यक्ष थापा मेडिसिटी अस्पताल पुगेका थिए। त्यस्तै राप्रपाका अर्का अध्यक्ष लोहनी पनि अस्पताल पुगेर लिङ्देनको स्वास्थ अबस्था बुझ्न अस्पताल पुगेको राप्रपा सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए।
प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय